नेपाली राजदुतावासलाई खुल्ला पत्र

लोकेन्द्र सेर्पाली –
श्रीमान महामहिम राजदुत नीलाम्बर आचार्य ज्यु नेपाली राजदूतावास कार्यलय नयांदिल्ली । विषय अलपत्र नेपाली नागरिकलाई उदार गरिपाउ भन्ने सम्बन्धमा ।
महोदय
विश्व महामारीको रुप लिएको काेभिड १९ कोरना भाइरसका विरुद्ध भारत सरकारले गत २१ मार्च देखि आगामी अप्रिल १४ सम्म भारतभर लकडाउनमा छ अझै एक देखि दुई हप्ता केन्द्र सरकारले थप गर्ने संकेत समेत गरेको छ र विभिन्न राज्य सरकारहरु स्वयंले ३०अप्रिल सम्म बढाउने घोषणा पनि गरिसकेको जानकारी नेपाली राजदुतावासलाई भएकै विषय हो ।
महोदय यतिखेर भारत कोरना भाइरस विरुद्धको लडाइँमा अग्रिम मोर्चामा छ अहिले उसले सारा देश लकडाउन कर्फु र सिल गराएर राखेको स्थिति छ । वर्तमानमा अवस्थाको बारेमा भन्नुपर्दा कोरना भाइरसका कारण उत्पन्न प्रस्थितिले गर्दा यतिखेर भारतभर डर त्रासपुर्ण वातावरणमय छ । मान्छेहरुमा रोगले या भोकले कतिखेर मरिने हो भनेर चिन्तित अवस्थामा छन् । चालिस करोडभन्दा बडी मान्छेहरू रोजगार बिहिन भएर बसेका छन् त्यसमा पनि रोजगार गुमाउनेमा नेपाली नागरिक पनि अग्रपंक्तिमा पर्छन् ।
महोदय रोजगारीको सिलसिलामा अस्थायी रुपमा भारत छिरेका लाखौंलाख नेपाली मजदुरहरु र नेपाली नागरिक यतिखेर भारतको विभिन्न राज्यमा विभिन्न गल्लीहरुमा कठिन प्रस्थितिमा बिचल्ली अबस्थामा छन् तिनको उदार र व्यवस्थापनको लागि राजदुतावासको के कस्तो पहल कदमी भएको छ ?
महोदय यात्राको क्रममा
विच बाटोमा पनि हजारौं मजदुर र र नेपाली नागरिक अलपत्र अवस्थामा छन् तिनको उदार र व्यवस्थापनको लागि राजदुतावासले कुटनैतिक माध्यमबाट भारत सरकार सित विषेश पहल गर्नुपर्ने थियो तर हाम्रो कुटनैतिक त्यति प्रभावकारी देखिएन । देशको राजनीतिक आर्थिक सुधारमा भारतामा कार्यरत नेपालीहरुको महत्त्वपूर्ण भुमिका छ त्यतिमात्र नभई देशको अर्थतन्त्रलाई टेवा दिनलाई भारतमा कार्यरत नेपाली नागरिकको भुमिका अग्रपंक्तिमा पर्छ ।
भारतमा आआफ्नो स्थायी घर र अस्थायी रुपमा कोठामा भएका नेपालीहरु त जसोतसो जेनतेन बाँच्लान तर घर जान भनी हिंडेका हजारौं नेपाली मजदुर बिच बाटोमानै अलपत्र छन् जो आफुसंग भएको पैसा पनि सकिएको अवस्था छ रोगले भन्दा पनि भोकभोकै मर्ने स्थिति देखिन्छ अबको केहि दिन भित्र उद्धार नगरे उनिहरुका लागि स्थिति असामान्य हुदै जान्छ । नेपाल सरकार र भारत सरकार बिच समन्वय भएको भन्ने संचारमाध्यमा सुन्नमा आएको थियो तर त्यो विषय कार्यनयनमा केही देखिएन ।
भारत सरकारले मजदुरहरुलाई रासन उपलब्ध गराउने भनेको छ तर त्यो रासन नेपाली मजदुर हरुको हकमा होकि होइन राजदुतावास बाट आधिकारिक धारणा बाहिर अाउनुपर्थ्यो तर अाउन सकेन । केही ठाउहरुमा संघसंस्था एवं व्यक्ति विशेषले कतै कतै थोरै राहत वितरण गरेका छन् तर त्यो अपुर्ण छ। त्यसैले महोदय छिटोभन्दा छिटो अलपत्र परेका नेपालीहरुलाई उद्धार गरि आवश्यक १४ दिन क्वारेन्टाइन गरेर तत्काल आआफ्नो घर सम्म पुग्ने व्यवस्था गर्न गराउन राजदुतावासले विषेश पहल गरियोस् ।
लोकेन्द्र सेर्पाली – प्रगतिशील नेपाली समाज भारत केन्द्रीय महासचिव ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्