Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

विदेशमा रहेका नेपालीहरू नेपाल फर्काउने सम्बन्धमा आङकाजीकाे सुझाव


भारत – सबै देशका सरकारले विभिन्न मुलुकमा रहेका आफ्ना नागरिकहरूलाई सम्बन्धित देशमा रहेकाआफ्ना राजदूतावस मार्फत विवरण संकलन गरेर उनीहरूलाई विमान चार्टर गरेर स्वदेश फर्काएकाछन् ।

यसै प्रसङगमा विभिन्न देशमा रहेक नेपालीहरूलाई पनि विशेष व्यवस्था गरेर नेपाल फर्काउन नेपाल सरकारकाे ध्यान आकर्षण गराउदछु । कुवेत, यूएई, बहराईन, मलेशिया, साउदी अरब, कतार आदी देशमा ग़ैर कानुनी रूपमा बसेकानेपालीहरू जाे आफ्नाे देश नेपाल फर्कन चहान्छ भने उनीहरूलाई कुनै दण्डा जरिवान नगरी स्वदेशफर्कन दिने घाेषणा गरेकाेछ । कतिपय देशले फर्कनका लागि प्लेन टिकट किन्ने पैसा समेत दिने घाेषणा गरेकाे छ ।

यस्ताे नेपालीहरूकाे हकमा सम्बन्धित देशका नेपाली राजदूतावस र एनआरएन मिलेर स्वदेश फर्कन नेपालीहरूकाे नामसहितकाे पूर्ण विवरण संकलन गर्ने सम्बन्धित देशकाे स्वास्थ्य मन्त्रालयसंग समन्वय राखेर नेपाल फर्कने नेपालीहरूमा काेराेनासंक्रमण छ वा छैन भनेर प्रारम्भिक स्वास्थ्य परिक्षण गर्ने।

स्वास्थ्य परिक्षण गर्दा संक्रमित भएकाे भेंटिएमा सम्बन्धित देशकाे सरकारले ताेके बमाेजिमआईसाेलेशनमा बसेर उपचार गर्ने स्वास्थ्य परिक्षण गर्दा संक्रमण नदेखिएमा नेपाल फर्कन दिने नेपाल फर्के पछि सरकारले ताेकेकाे क्वरन्टाईनमा निश्चित अवधि बसेर स्वास्थ्य परिक्षण गरेरसंक्रमित देखिए आईसाेलेशनमा बसेर उपचार गर्ने ।

संक्रमित नभएकाहरूलाई स्थानीय नगर/गाउँपालिका र वडा सरकारलाई मार्फत आफ्नाे घर पठाउने । स्थल मार्गबाट खुट्टाले हिडेर नेपालकाे सिमासम्म आएकाहरूलाई पनि सिमानाकमा क्वराईन्टाईनमा निश्चित अवधि १४/२१ दिन राखेर स्वास्थ्य परिक्षण गर्ने । संक्रमित भए सरकारले व्यवस्था गरेकाे आसाेलेशन वार्डमा निकाे नभएसम्म उपचार गरेर बस्ने संक्रमित नभएकाहरू संम्बन्धित प्रदेश-नगर-गाउँपालिका-वडा सरकारकाे राेहबरमा आफ्नाे घरपठाउने ।

नेपाल नफर्केर विदेशमा नै बसेका विपन्न श्रमिक परिवारहरूलाई रहात वितरण विभिन्न सामाजिक संघस्स्थाहरू मार्फत आपत विपतमा परेका नेपालीहरूकाे विवरण संकलनगर्ने सम्बन्धित देशका सम्बन्धित निकाय, नेपाली राजदूतावस र एन आर एन मिलेर तत्काल रहातवितरण गर्ने पुनश्च : नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय प्रदीप ज्ञवालीज्यूसंग टेलिफाेनमा भएकाे कुरा अनुसार  सबै अन्तराष्ट्रीय उड़ान बन्द भएकाे र विदेशबाट फर्कने सबैका नेपालका राख्ने क्वरन्टाईन र परिक्षण व्यवस्था नभएकाेले विदेशमा रहेका नेपालीहरूलाई तत्काल नेपाल फर्काउन सक्ने अवस्था नरहेकाे स्पष्ट पारे ।

नेपालीहरू रहेका देशका राष्ट्र प्रमुखहरूसंग फाेन संम्पर्क गरेर नेपालीहरूका लागि स्वास्थ्य परिक्षण र क्वरन्टाईन र आवश्यक विपनहरूलाई रहात वितरणका लागि अनुराेध गरिएकाे जानकारी दिए । ग़ैर कानुनी रूपमा विभिन्न देशमा काम गरी रहेका नेपालीहरू काेराेनाकाे महामारी राेकिए पछि तुरून्त नेपाल फर्कने शर्तमा हाललाई आफु बसेकाे देशकाे सरकार समक्ष आफ्नाे नाम दर्ता गराएर स्वास्थ्य परिक्षाण र ताेकिएकाे स्थानमा बस्ने र काेराेनाकाे राेकथाम भई सकेपछि नेपाल फर्कनु पर्ने व्यावस्था मिलाएकाे जानकारी परराष्ट्र मन्त्रीले दिए ।

आङकाजि शेर्पा समाजवादी पार्टी नेपाल विदेश विभाग इन्चार्ज हुन् ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्