Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

प्रगतिशील नेपाली समाजद्धारा अलपत्र नेपालीलाई उद्धार गर्न आग्रह


लोकेन्द्र शेर्पाली गाेवा – कोरोना भाइरस (कोभिड-१९) का कारण भारतस्थित प्रवासि नेपालीहरु समस्यामा परेका छन् । विश्व महामारीको रुप लिएको कोरना (कोभिड-१९) र यतिबेला सारा विश्व कोरना भाइरस विरुद्धको लडाइँमा केन्द्रित भएको छ। चिनको बुवान शहरबाट सुरुभएको यस भाइरस अहिलेसम्म विश्वका एक सय नौं मुलुकमा फैलिसकेको छ ।

साथै विभिन्न पेसा अध्यन धार्मिक भौगोलिक भ्रमणम एवं रोजगारीको निम्ति भारतमा आएका लाखौं नेपालीहरु अहिले अलपत्रमा परेका छन् । त्यसैले अलपत्र नेपालीलाई नेपाल सरकारले उद्धार गरि १४ दिन क्वारेन्टाइनमा राखी स्वास्थ्य चेकजाँच गरेर आआफ्नो घरमा र्पुयाउन व्यवस्था मिलाउन प्रगतिशील नेपाली समाज समितिले विज्ञप्ती जारी गरेको छ ।

साथै दिल्ली स्थिति नेपाली राजदुतावासले पनि भारत सरकारको कुटनैतिक च्यानलबाट अलपत्र नेपालीलाई उद्धार र व्यवस्थापनमा विषेश भुमिकाको लागि प्रगतिशील नेपाली समाज समिति भारत जोडार माग गर्दछ ।

विज्ञप्ती

रजि नं 00618
प्रेस विज्ञप्ति

प्रगतिशील नेपाली समाज समिति (भारत)

आदरणीय भारत स्थित प्रवास स्थिति नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु विश्व महामारीको रुप लिएको कोरना COVID १९ / यतिबेला सारा विश्व कोरना भाइरस विरुद्धको लडाइँमा केन्द्रित भएको छ चिनको बुवान सहरबाट सुरुभएको यश् भाइरस अहिलेसम्म विश्वका एक सय नौं मुलुकमा फैलिएको छ । यस् प्राण घातक भाइरसका कारण मानव जातिको अस्तित्व रहने या नरहने भन्ने सवाल खडाभएको सन्दर्भमा विश्वभरी अहिले लाखौं मान्छेहरु संक्रमित छन् हजारौं मान्छेले ज्यान गुमाइसकेका छन् । भारत पनि यस् भाइरसबाट नराम्रो संग प्रभावित भएको छ ।

यतिखेर भारतामा संक्रमितको संख्या बढ्ने क्रममा छ अाजको मिति सम्म भारतमा संक्रमितको सङ्ख्या दस हजार भन्दा माथि पुगिसकेको छ भने मृत्युहुनेको संख्या तीन सयभन्दा माथि नाघेको छ । त्यसैलाई नजरअन्दाज गरि  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १४ / ४ / २०२० मा राष्ट्रका नाममा सम्बोधन गर्दै गत मैनादेखि जिरी लकडाउनलाइ निरन्तरता दिदै थप ३ मे २०२० सम्मलाइ लकडाउनको घोषणा गरेका छन् ।
थप लकडानले भरतमा कार्यरत लाखौं नेपाली मजदुर र  विभिन्न पेसा अध्यन धार्मिक भौगोलिक भ्रमणम एवं रोजगारीको निम्ति भारतमा आएका गरि लाखौं नेपालीहरु अलपत्र छन् । भने हजारौंको संख्यामा बिच बाटोमै बिचल्लीमा परेका छन् । उक्त मितिसम्म पनि कोरोना नियन्त्रण भएनभने भारत सरकारले थप लकडाउन निरन्तरता दिनसक्ने देखिन्छ । त्यसैले अलपत्र नेपालीलाई नेपाल सरकारले उदारगरि१४ दिन क्वारेन्टाइनमा राखी स्वास्थ्य चेकजाँच गरेर आआफ्नो घरमा पुर्‍याउन व्यवस्था मिलाउन प्रगतिशील नेपाली समाज समिति जोरदार माग गर्दछ ।

साथै दिल्ली स्थिति नेपाली राजदुतावासले पनि भारत सरकारको कुटनैतिक च्यानलबाट अलपत्र नेपालीलाई उदार र व्यवस्थापनमा विषेश भुमिकाको लागि प्रगतिशील नेपाली समाज समिति भारत जोदार माग गर्दछ ।

भारतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा पनि विषेश अपिल

भारत सरकारले गरेको उक्त निर्णय लकडाउन ३/ मे सम्मलाइ सम्पुर्ण प्रवासी नेपालीहरुले पालना गर्दै तपाईहामी जाहाछौं त्यहि स्थानमा सुरक्षित तरिकाले बस्नहुन विषेश आग्रह गर्दछौं । साथै कोरोना महामारी नियन्त्रको लागि एक मात्र उपाय लकडाउन नै भएकोले भारत प्रवासमा कार्यरत सम्पुर्ण नेपालीले यसको पालना गर्न जरुरी हुन आएको छ । साथै यस्  दौरानमा कोहि पनि हतोत्साहित र निराश नहुन विषेश अपिल गर्दछौं ।

लकडाउन अबधिभर पर्न सक्ने असुविधालाइ मध्यनजर गर्दै प्रगतिशील नेपाली समाज भारतका सबै राज्य समितिले आफ्ना राज्यका सबै सदस्यहरु विभिन्न भाइचारा संगठन सङसंस्था र आफु रहेको क्षेत्र स्थान भुगोल माताहतका पन्चायत संग समन्वय गरि अलपत्र नेपालीहरुलाइ उदार राहत कार्यकोलागि विषेश भुमिका निभाउन हुन निर्देश गर्दछ ।

प्रगतिशील नेपाली समाज भारत
(केन्द्रीय कार्यलय )


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्