चन्डिगढमा अलपत्र परेका नेपालीलाई प्रगतिशील नेपाली समाजद्धारा राहात वितरण

चन्डिगढ- भारतस्थित पन्जाव चन्डिगडमा अलपत्र परेका नेपालीहरुलाई प्रगतिशील नेपाली समाज पन्जाब राज्य समिति पन्चकुलाले केहि राहात वितरण गरेको छ ।
रोजगारीका लागि लाखौं नेपाली भारतका विभिन्न शहरमा रहेका छन् । प्रवासका नेपालीलाई रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ताले सताएको प्रगतिशील नेपाली समाज पन्जाब राज्य समितिका अध्यक्ष विनोद शर्माले बताए ।
कोरना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँमा भारत सरकारले लगाएको लकडाउनको असर पन्जाव चन्डिगडमा पनि परेको छ । रोजगारीका लागी पन्जाव चन्डिगडमा आएका नेपालीलाई आफूले सक्दो राहात वितरण गरेको शर्माले बताए,। तर यो राहात धेरै मात्रामा नभएपनि उद्धार र राहातको लागि हामिले भारतस्थित विभिन्न संघ संस्थासंग मिलेर राहात वितरण गर्ने समेत उनले बताए ।
साथै अलपत्र नेपालीहरुको उद्धारका लागि दिल्लीस्थित नेपाली राजदुतावासले विषेश पहल गरिदिन प्रगतिशील नेपाली समामाज पन्जाव राज्यका अध्यक्ष राजेस सोनी आग्रह गरेका छन् । यस्तै उपाध्यक्ष मीन बि.क र सचिव नेत्र पौडेलले अलपत्र नेपालीको उदारको लागि नेपाल सरकारले विषेश पहल गरिदिन अनुरोध समेत गरेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्