अलपत्र नेपालीलाई दुइतिहाइ सरकारले उद्धार नगरे कसले गर्ने !

गाेवा – कोरोना भाईरस महामारी रोगबाट अहिले विश्व आक्रान्त भ बनेको छ। यस सन्दर्भमा नेपाल पनि अछुतो छैन नेपालमा पनि दिनकादिन कोरोना भाइरस बढ्ने क्रममा छ । नेपाल सरकार ले यस महामारी रोगको बारेमा सबै ब्यबस्था मिलाएका छौ भनेता पनि संतोष देखिदैन । नेपाल र नेपाली का लागि यो दुःखदायि कुरा हो ।
गाउघरमा कुनै मानिसहरुमा कोरोना भाइरस रोग लागेमा त्यसको परिक्षण अर्थात टेस्टिंग को लागि भरपर्दो स्वास्थ्य सेवा हरु छैन रोगको परिक्षणको लागि राजधानि काठमाण्डौमा लिनु पर्ने अवस्था छ । संक्रमित ब्यक्तिको नेगेटिव र पोजेटिव रिपोर्ट आउनलाई हप्तौ कुर्नु पर्छ ! यस्तो दयनीय अवस्था हुदा पनि दुइतिहाइ बहुमत को कम्यूनिष्ट सरकार आलटाल गरेर पन्छिने काम बाहेक अरु केहिपनि गरेको देखिदैन ।
रोजगार को शिलशिलामा बिभिन्न देशमा कार्यरत नेपाली दाजुभाई दिदीबैनिहरु लकडाउनको कारणले गर्दा अलपत्र परेको अवस्था छ ! उहाँहरुको उदारको लागि नेपाल सरकारले कुनैपनि पहल कदम चालेको देखिए र कुनै विश्वासनिय रुपमा काम गरिएको पनि देखिए । बिभिन्न देशका राज दूतावासका राजदूत हरु कानमा तेल हालेर सुतेको अवस्था छ । नागरिक को बाँच्न पाउने अधिकार लाई बन्चित गरेर अलपत्र परेका नेपाली दाजुभाई दिदीबैनि हरुलाई गास, बास, कपासको ब्यबस्था नभएको अवस्था छ ।
भारत कै सन्दर्भमा कुरा गर्ने हो भने पनि लाखौ नेपालि दाजुभाई दिदीबैनि हरु अलपत्र परेको अवस्था छ । नेपाल र भारत सरकार को सम्मनवयमा दुबै देशका सिमा बन्द भ एकोले हजारौ नेपाली दाजुभाई दिदीबैनिहरु सिमानाकामा अलपत्र परेकाछन । उनिहरुलाई खान बस्न र स्वस्थ्यको लागि ठूलो समस्या परेको अवस्था छ । यसमा नेपाल सरकार को ध्यान जानु जरुरी छ । र नेपाल सरकार ले भारत स्थित राजदूतावासमा ताकेता गर्नु पर्छ भन्ने मलाई लाग्दछ ।
भारत मा अलपत्र नेपाली नागरिक लाई यथासिघ्र नेपाल प्रवेशको व्यवस्था मिलाउन जरुरी देखिन्छ ! यसका साथै नेपाली दाजुभाई दिदीबैनि हरुलाई म के अपिल गर्न चाहन्छु भने जो जहाँ भ ए पनि आ आफ्नो ठाँऊमा सुरक्षित तरिकाले बस्नुहोला अहिलेको अवस्थालाई हेरी घर तिर फर्कने मानसिकता नबनाउनु होला भन्ने मैले बिश्वास लिएको छु ।
कुनै किसिमको समस्या परेमा प्रगतिशिल नेपाली समाज भारत का जिम्मेदार साथिहरुले फेसबुक मार्फत आआफ्नो सम्पर्क नम्बर दिएका छौ ! त्यस नम्बर मा सम्पर्क राख्नु होला तपाई हरुको दुःख र समस्या हाम्रो पनि हो । र यो दुःख समस्या छिटोभन्दा सहज हुनेछ भन्ने कामना गर्दछु ।
महोन बिश्वाकर्मा प्रगतिशील नेपाली समाज भारत सुचना विभाग प्रमुख ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्