प्रगतिशील नेपाली समाजद्धारा अलपत्र नेपालीलाई उद्धार तथा राहत वितरण

लोकेन्द्र शेर्पाली,गाेवा – विश्व महामारीको रुप लागिएको कोरना भाइरस विरुद्धको लडाइँमा भारत सरकारले गरेको लकडाउनको प्रत्येक्ष असर नेपाली मजदुरलाई पनि परेको छ ।मार्च एक १ देखि अहिलेसम्म भारतभर बन्दाबन्दिको अवस्थामा रहेकाे छ ।
बन्दाबनदिको कारण हजारौं नेपाली मजदुर भारतका विभिन्न राज्यहरुमा अलपत्र अवस्था छन् । भारतमा अलपत्र मजदुरहरुलाइ प्रगतिशिल नेपाली समाज भारतले उदार तथा राहत सामग्री वितरण गरिरहेको छ । भारतमा विभिन्न राज्यमा अलपत्र परिरहेका नेपाली मजदुरलाई प्रगतिशील नेपाली समाज भारतका विभिन्न राज्य समितिले राहत वितरणमा तिब्रता दिएको छ ।
हिजो मात्रै सो संगठनको महाराष्ट्र राज्य समितिले हजार जति नेपाली मजदुरलाई रासस वितरण गरेको छ । सो संगठनका भाइचारा विभाग प्रमुख देवेन्द्र साउद र खेलकुद विभाग प्रमुख महोनराज बिश्वाकर्माको नेतृत्वको टोलीले सोकार्य गरेको हो । महाराष्ट्र राज्यमा कुनै पनि नेपाली मजदुरलाई भोकभोकै बस्न नदिइने सो संगठनका महाराष्ट्र इन्चार्ज राम सिङ ददेल र अध्यक्ष तिलक बि. कले बताएका छन् ।
सो संगठनका केन्द्रीय सचिव गणेश अधिकारीको जानकारी अनुसार अहिलेसम्म सयौंको सङ्ख्यामा अलपत्र नेपालीलाई खाना बस्नको व्यवस्था मिलाइदिएको बताएका छन् । आजै दिल्ली राज्य समितिले सयौंको संख्यामा नेपाली मजदुरलाई तरकारी वितरण गरेको छ सो संगठनको दिल्ली राज्य अध्यक्ष रतन महरको नेतृत्वले सो कार्य गरेको छ ।
साथै संगठनका बरिस्ठ केन्द्रीय उपाध्यक्ष कृष्ण खड्काले दिल्लीमा आगामी दिनमा भइपरिआउने समस्याकोलागि आफ्नो संगठनले कुटनैतिक च्यानल चलाइरहेको बताए उनले कुनै पनि नेपाली नागरिक समस्या परेमा दिल्ली सरकार शीत पनि कुरा राख्न सकिने जानकारी दिए उनले आफू स्वयं भारत सरकारको कर्मचारी भएको नाताले सरकार सित समस्याको बारेमा कुरा राख्न सकिने बताए । सो संगठनको गोवा राज्य समितिले पनि अलपत्र नेपालीलाई खाना बस्नको व्यवस्था मिलाइदिएको छ
प्रगतिशील नेपाली समाज भारका कोषाध्यक्ष गोवा राज्य इन्चार्ज जीवन स्रिमल र केन्द्रीय सचिवालय सदस्य गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुनको संयुक्त टिमले सोकार्य गरेको हो गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाको जानकारी अनुसार तिसजना अलपत्र नेपालीलाई आफुलेनै कोठालिएर व्यवस्थापन गरिएको र बाकी जनालाई विभिन्न ठाउँमा मिलाइएको र केहिलाइ रासन र खान पकाउने ग्यासपनि वितरण गरेको बताएका छन् ।
अहिलेसम्म गोवामा नेपालीहरु त्यति समस्या नपरेको र यदि समस्या परेमा संगठन तयारी अवस्थामा बसेको जानकारी संगठनका केन्द्रीय महासचिव लोकेन्द्र सेर्पालीले जनाउदिएका छन् उनलेे कुटनैतिक च्यानलमार्फन भोलिका दिनमा भइपरि आउने समस्याको लागि भारत सरकारका अधिकारीहरु विभिन्न राजनीति पार्टी सामाजिक अभियानता खेलकुदकर्मी पत्रकार उद्योगलाई व्यवसायी लगायतको टिम सित सहकार्य भइरहेको बताए ।
कर्नटका र केरलामा पनि उदार कार्य जारी राखेको जानकारी संगठनका केन्द्रीय उपाध्यक्ष राजेश राउल केरला इन्चार्ज गगन सिङ ठकुरीले बताएका छन् । पन्जाब हरियाणामा पनि वितरण गरिएको जानकारी पन्जाब अध्यक्ष राजेश सोनी र बिनोद सर्माले बताए हरियाणा अध्यक्ष सुर्य बाहादुर थापाले बताए ।
अहिलेसम्म प्रगतिशील नेपाली समाजले भारतले उद्धार राहत वितरण गरेका स्थानहरु दिल्ली,पन्जाब,हरियाणा,राजस्थान,महाराष्ट्र,गोवा,केरला,कर्नाटक,जम्मु-कश्मि, मध्य प्रदेश,आसाम क्षेत्रमा गरेको प्रगतिशील नेपाली समाजका भारतका अध्यक्ष प्रकाश नेपालीले बताए । साथै उनले भारतभर आफ्नो संगठनले गरेको सो कार्य उदाहरणीय सावित भएको बताए उनलेे राहत उदार कार्यमा महत्त्वपूर्ण भुमिका निभाउने संगठनका साथीहरूलाई विषेश धन्यवाद दिदै । थप राहत कार्य जारी राख्न सबै राज्य इन्चार्ज अध्यक्ष र विभागिय प्रमुखहरुलाइ निर्देश दिएका छन् ।
उनले प्रेस विज्ञप्ति जारी गरि अलपत्र नेपालीलाई उदार गर्न दिल्लीस्थिति नेपाली राजदूतावासको समेत ध्यान आर्कषण गराएका छ । संगठनले भारतमा रहँदा कुनैपनि समस्या परेमा निम्न ठाउहरुमा निम्न व्यक्तिबाट सहयोग लिन सकिने जानकारी संगठनका केन्द्रीय प्रवक्ता गोकुल भुजेलले बताए । उनले भारतभर समस्यामा परेका नेपालीलाई आफ्नो र आफ्नो संगठनको विषेश साहानुभुति रहेको बताए उनलेे यो समस्या कुनै एक व्यक्ति विषेशलाई नभएर सारा संसारलाई नै यतिखेर समस्या परेको बताए उनले लकडाउनको विषेश पालना गर्न सबै नेपालीमा अनुरोध गरे ।
राज्य अध्यक्ष इन्चार्ज र विभागीय प्रखुखहरुका नं
कर्नाटः राजेश रावल ९१८८९२२३९४९०
केरलाः गगसिङ ठकुरी ९९९५१०१३९५
आन्ध्र प्रदेशः जनक आउजी ९१८१०५६४३४८३
गोवाः जीवन श्रिमल ९२२३१११६५६
प्रकाश थापा पुन ९१९८९०२७७८१७
महाराष्ट्रः तिलक बि.क ं ९१९८३४०३६२६९
नासिकः मोहन विश्वकर्मा ८६००५८५२८३
गुजरातः हुमकान्त आचार्य ९१७७७६८४३९७८
राजस्थानः गुरु शर्मा ९१७५६८८२९४०४
नयाँदिल्लीः बिरेन्द्र सिङ ठकुरी ९१९८१८२९४४७१
कृष्ण खड्का स् ९५६०३०२०३४
गणेश अधिकारी स् ९२०५०६२९५३
दिल्लीः रतन महर ९१८५७०९००२२४
वकिल रोका ९१७४२८४६४९७१
मन्जु शाह स् ७२१७६०१३८८
पञ्जावः प्रेम घताने ९१८३६४४०९४९९
राजेशः सोनी ९१६२८४०९२९९१
जम्मु कश्मिरः हरिमन लामा,
युपी बिहारः किसन ओझा ९१७६६६४३३८७१
हरियानाः सुर्यबहादुर थापा ९१७०८२७२००२१
पुनाः देवेन्द्र साउद ९१८३२९८०१९८१
मोहनराज विश्वकर्माः ९८३४०३६२६९
माहाराष्ट्र सम्पर्क नं
देबेन्द्र साउद ८३२९२१०३८९
मोहन विकः ९१८३२९८०१९८१
तुलसी विकः ९८३४०३६२६९९८
रामशिह ददेलः ९८६१३२८७९२
दुर्गा विकः ९१९०९६९५४२८०
रामप्रसाद सापकोटाः ७७७६८३७६२६
मोहनराज विश्वकमा ९१८३२९८०१९८१
प्रवेश नेपालीः ९३७३८०२७०८
गोपाल तिखत्री ९१९३७३६४४७०२
विजयप्रशाद नेपाली ९१७६२०५५४६०२
सुरज रिमाल ८३७८८८१४७६
पुरनसिंह तिखात्री ९१७०३०७७२५
मानबहादुर नेपाली ९८६००५२७७४
नरेश नेपाली ९१७०२०३३६७५४
धर्मराज रिमाल ९६८९८१४८३५
सिद्ध रिमाल ९१५८७८१८७८
किसन ददेल ८६२६०२७३
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्