Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

काेराेनासंग लड्ने सबैभन्दा ठुलो उपचार आत्मबल हो :शकुन्तला गुरुङ


लन्डन –विगत २५ वर्षदेखि बेलायतमा स्वास्थ्य क्षेत्रमा कार्यरत शकुन्तला गुरुङ अहिले कोरना विरुद्धको लडाइँमा बेलायतमा अग्रिम मोर्चामा रहेर काम गरिरहेकी छन् ।

एन आरआइ सहकोषाध्यक्ष सकुनताला२५ वर्षदेखि बेलायतमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाल गोरखा घर भएकि शकुन्तला गुरुङ अहिले कोरना विरुद्धको लडाइँमा बेलायतमा अग्रिम मोर्चामा काम गर्दै आइरहेकी छन्।

बेलायतमा आजका मितिसम्म कोरोना संक्रमितको संख्या १४३००० भन्दा माथि छ । मृत्युको संख्या पनि १९ ५०६ पुगेको छ यतिखेर उनी कोराना विरुद्धको लडाइँमा सशक्त भएर लागेकि छिन् । उनी बेलायत सरकारले जहा बढी प्रभावित क्षेत्र छ त्यहीँ स्थानमा जानुपर्ने हुन्छ ।

आफ्नो ज्यान जोखिममा राखेर पनि अरुको ज्यान बचाउदा बेग्लै अनुभुती भएर आउछ उनी सुनाउछिन् । भाइरस विरुद्धको लडाइँमा बेलायत यतिखेर बन्दाबन्दि अबस्थामा छ । आफुमात्र नभएर बेलायतमा थुप्रै नेपाली स्वास्थ्यकर्मीहरु कोरना विरुद्ध लडाइँमा अग्रिम मोर्चामा रहेका छन् ।

भाइरलसंग  त्यति डराउनु नपर्ने उनी बताउँछिन् भाइरससंग लड्ने सबैभन्दा ठुलो उपचार भनेको आत्मबल र आत्मविश्वास नै हो । शकुन्तला सुनाउछिन् यदि अहिलेकै अवस्था रहिरहे बेलायतको अर्थतन्त्रमा ठुलो असर पर्नसक्ने र त्यसको असर एनआरआइ नेपालीहरुमा पनि पर्ने उनी बताउंछिन् ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्