Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

ओली सरकार न लोकतन्त्रको रक्षागर्न सक्छ न कोरना नियन्त्रण गर्न !


लोकेन्द्र सेर्पाली,गाेवा – यतिखेर सारा विश्व कोरना भाइरसबाट दुनियाँलाइ कसरी सुरक्षित तरिकाले राख्न सकिन्छ भनेर गम्भीरतापूर्वक लागिरहेका छन् । यस्तो गम्भीर परस्थितिमा सरकार गम्भीर भएर लाग्नुपर्ने हो तर सरकार लागिरहेको छैन । आफैं एक पछि अर्को विवादमा फस्दैगैरहेको छ । यतिबेला सरकारको मुख्य कार्यभार भनेको देशलाई एकताबद्ध पारी कोरना भय मुक्त गर्नु हो । तर सरकारले त्यस्तो कुनैपनि गृहकार्य गरेको देखिएन ।
महामारी नियन्त्रणका लागि आवश्यक र जटिल काममा जुट्नु पर्ने बेलामा मन्त्रिपरिषदवाट लोकतन्त्रको घाँटी रेट्ने गरि प्रतिगामी अध्यादेश सिफारिसका लागि राष्ट्रपतिकहाँ पुग्यो । अध्यादेश चारैतिर विरोधमाझ राष्ट्रतिबाट जारी गरियो । त्यसलगत्तै नेपाली राजनीतिमा बेग्लैखाले तरंग पैदा भयो । प्रधानमन्त्री माथि सत्ता दुरुपयोग गर्दै अपहरणको आरोप लाग्यो । लकडाउनको बेला घरमा हुनु पर्ने सांसदहरू काठमाडौंसम्मको यात्रा तय गरे ।

प्रधानमन्त्रीको प्रत्येक्ष निर्देशनमा संसद अपहरण भएका भन्ने खबर बाहिरियो । यस् गम्भीर विषयमा प्रधानमन्त्री वलीले जनतालाई स्पस्टिकरण दिन जरुरी हुन्छ । के देशको कार्यकारी व्यक्तिको बारेमा यत्रो गम्भीर अारोप आउनुभनेको लोकतान्त्रिक शासन व्यवस्थामा दुर्घटनामा पर्दैछ भन्ने हो साथै देश र जनताको लागि लज्जास्पद विषय हो । यती ठुलो आरोप लागि सकेपछि उनले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने हुन्छ ।

अब देश र जनताले उनिप्रति कस्तो आशा र अपेक्षा राख्ने ? गम्भीर प्रश्न यहा हो । यतिबेलाब लाखौं नेपाली नागरिक विदेशको गल्तीहरुमा अलपत्रमा छन् तिनको उदार र व्यवस्थापनको लागि ओली सरकारले केकति पहलकदमि लिएको छ त्यो अहिलेसम्म जानकारीमा आउन सकिरहेको छैन । यतिबेला प्रधानमन्त्रीको व्यक्तित्व राजनेता भन्दापनि एउटा कुनै गिरोह सञ्चालन गर्ने पटुके नेताजस्तो देखिन थालेको छ ।

यो अवस्थामा उनिको मुख्य भुमिका भनेको देशलाई एउटा नयाँ दिशादिनु हो कोरना महामारीबाट देशलाई कसरी मुक्त राख्न सकिन्छ भन्ने हो तर उनिमा त्यो खालको उकैपनि सामर्थ्य देखिदैन । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालको जति नारा दिए पनि यतिखेर उनि देश र जनता प्रति भन्दापनि आफ्नो स्वार्थपूर्ति तिर उनको ध्यान बडी केन्द्रित भएको देखिन्छ र आफ्नो गुटगत राजनीतिक कसरी सुरक्षित गर्न सकिन्छ भन्नेमा नै देखिन्छ । अध्यादेश समाजवादी पार्टी नेपाल र राजपा पार्टीलाई फुटाउने देखिए पनि मुल जड भनेको नेकपाको आन्तरिक विवाद नै हो। नेकपाभित्र यतिखेर ओली पाइनल कमजोर अवस्थामा छ । तत्कालीन माओवादी र एमाले पार्टी एकता भएपश्चात् ओलीले कुनैपनि सम्झौता इमान्दारीका साथ पालना नगरेको उनिमा आरोप लाग्ने गरेको छ ।

प्रधानमन्त्रीको वास्तविक चरित्र बुझ्नलाई हामी उनको विगतमा जानुपर्ने हुन्छ ।उनी लोकप्रिय भइराख्नको लागि पहाडी र मधेसीको नारा दिएर द्वन्द्व सिर्जना गर्न पनि चुकेनन् उनी । उनिमा त्यो अवस्थामायत्तिपनि ज्ञान भएन हिमाल पाहाड तराईमा बसोबास गर्ने सबै नेपाली नागरिक हुन् भनेर खोक्रो राष्ट्रवादको नारा दिएर मधेश र पाहाडको विभाजन ल्याउने भड्काउ भाषण गर्दै हिडे ।

कम्युनिस्टको खोल ओडेर दक्षिणपन्थी धारको वकालतगर्दै हिडे ।‘फुटाऊ र राज गर’ नीतिको विषेश अनुसरण गर्दै हिडे । लोकतान्त्रिक आन्दोलनको लागि उनको कहिले पनि सकारात्मक भुमिका निभाएनन् तत्कालीन अवस्थामा सिङ्गो देश लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि केन्द्रित भएको बेला उनी वयलगाडाको सवारमा अमेरिका पुग्न नसकिने भनेर लोकतान्त्रिक गणतन्त्र पक्षधरलाई निराश बनाउदै हिड्थे त्यसैले उनिको विगतको इतिहास केलाउदा उनी लोकतान्त्रिक गणतन्त्रको लडाइँमा कुनैपनि भुमिका निभाएको पाइदैन त्यसैपनि उनी अहिलेको जनताको ठुलो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक व्यवस्थालाई हल्ला रुपमा लिन्छन् र पछिल्लोपट उनिबाट घटेका जतिपनि घटनाक्रम छन् त्यसैको उपज हो ।

तत्कालीन नेपाली कंग्रेसका स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाको विकल्पका रुपमा भारतले प्रधानमन्त्रीमा नपत्याइदिए पछि उनिमा एकाएक खोक्रो राष्ट्रवादो नारा दिए र नेपाली जनताको देश भक्ति प्रतिको फाइदा ओलीले जबर्जस्ती रुपमा उठाए । वास्तविक राष्ट्रवात त कालापानी लिपुलेक सुस्मिता महाकालीमा थियो तर यी ठाउँहरुमा ओली सरकारको उपस्थिति शून्यनै रयो । त्यसैले ओली सरकारको विकल्पमा देश भक्ति वामपन्थी सरकार गठन गरौं देशमा संघीय लोकतान्त्रिक शासन व्यवस्थाको रक्षा गरौं । लेखक सेर्पाली,समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद सदस्य हुन् ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्