अध्यादेश सफल गराउनको लागि प्रधानमन्त्रीको गोप्य योजनामा सांसद अपहरण

गाेवा – म नेपालको दुर्गम ठाउँमा बस्ने एक गरिब नेपाली हु । मलाई आफ्नो देशको बहुसंस्कृति।बहुजातीय ,बहुराष्ट्रियता ,बहुभाषिक र इन्द्रेणीस्वरुप हिमाल पहाड र तराई मदेश मिलेर बनेको देश नेपाल प्रति गर्व गर्दै चँन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा लाई भोकै पेट र पट्पटी फुटेका हातैले भएपनि उच्च सम्मान गर्दै सलाम अर्पण गर्दछु ।
मैले आफ्नो क्षमताले भ्याएसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय इतिहासको अलिकति भएपनि अध्यन गरेको छु संसारका शक्तिशाली भनिएका क्रूर शासक हिटलर मुसोलिनी र मेरै देशको श्री ३ जंग बहादुर राणा बारेमा अलिकति भएपनि ज्ञान् राख्दछु । ती सबै शासकको आत्मवृतान्त पनि केहि अध्यन गरेको छु यी सबैबाट पाठ सिकेर मैले पनि देशको विभिन्न राजनीतिक र समाजिक आन्दोलनमा भोकै पेटमा भएपनि सकेजति योगदान गर्न आफूपनि लागेको छु र आफू जस्तै भोका र पटपटी खुट्टा र हात फुटेका दाजुभाइ दिदीबहिनी आमाबुबा सबैलाई संघीय लोकतन्त्र गणतन्त्र लागि आन्दोलनमा सरिक हुन प्रेरित गरेको थिए ।
किन भने मैले बुझेको लोकतन्त्र भनेको जनताद्वारा जनताको लागि जनताबाट गरिएको शासन व्यवस्थालाई लोकतन्त्र भनेर बुझेको थिए ।त्यसो हो भन्ने हाम्रो जस्तो विविधतायुक्त देशमा लोकतान्त्रिक शासन व्यवस्था भन्दा अझै उन्नत खालको राज्य व्यवस्था र शासन व्यवस्थाको आवश्यकता छ भनेर संघीय लोकतान्त्रिक गणतन्त्रको लागि आफ्नै सरसमाज टोलका आफन्तका हजारौं हजार दाजुभाइ दिदीबहिनी आमाबुबा छोराछोरीले त्यही संघीय लोकतान्त्रिक गणतन्त्रको लागि तत्कालीन शासकको गोली र छरा बाट भकाभक ढलेको देखेको छु ।तिनै दिदिबहिनी दाजुभाइ आमाबुबा र छोराछोरी टुहुरा भएर घर को न ,, घाटको भएका देखेको छु ।
लाखौं लाख दाजुभाइ दिदिबहिनी आमाबुबा र छोराछोरीको शरीरभरि अहिलेसम्म पनि गोलि र छरा भित्र रहेर जिन्दगीभर अंपाङ घाइते भएर नर्क जिन्दगी बिताएको देखेको छु ।आफ्नो जिन्दगी हत्केलामा राखेर जनयुद्ध र जनआन्दोलनमा होमिएका नेपाली जनता भोको पेट पाल्नकै लागि र खुट्टामा एकजोड चप्पल लगाउनकै लागि खाडी मुलुकमा र भारतको गल्ली गल्लीमा भौतारिएको देखेको छु । अझैपनि जनताले ६०/७० डिग्री तापक्रममा पसिना संग साटेको रेमिटेन्स बाट देश चलेको पनि देखेको छु ।
तर अहिले त्यही रेमिटेन्सलाई श्रीमतीको दाइजो सम्झेर तिनै जनताको मुखमा धुलो उडने गरि अनि गरिबको त्यो फाटेको लुगामा हिलो छ्याप्ने गरि करोडौंका कार हुइकायको पनि देखेको छु । ती गाडी हुइकाउनेहरु जनयुद्ध र जनआन्दोलन र अहिलेसम्मका परिवर्तनको सबै मूमेन्टमा कोहि सेतो सर्ट कालो पाइन्टमा ओडारमा लुकेको पनि देखिन्थे भने कोहि जनताका छोराछोरी ढलीरहदा आतंककारी भन्थे भने कोहि केटाकेटीको खेल देख्थ्ये भने कोहि देशमा लोकतन्त्र र गणतन्त्रको सपना देख्नु भनेको काठमाडौ देखी अमेरिकासम्म बैलगाडा मा जानू सरह हो भन्थे भने कोहि लोकतन्त्रको लागि लडेका सहिद रगतलाई मासिकश्राव भएको रगतसंग तुलना गर्थे ।
सहि सत्य बोल्ने सुन्ने आँट भए तत्कालीन अवस्थामा यो भने र यो उपरोक्त भनाइको नेतृत्व अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलिले गरेका थिए । आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था छ । तिनै सहिद परिवार घाइते अपंगले भोट हलेर जिताएका जनताका जनप्रतिनिधिले संविधान सभा बाट निर्माण गरेको संविधान छ । सो संविधानले कल्पना गरेको लोकतन्त्र भनेको मैले माथी भने जस्तै जनताद्वारा जनताको लागि जनताबाट संचालित शासन व्यवस्था आजको दिनमा जनताले महसुस गर्न पाएको छ त ? गम्भीर प्रश्न उठेको छ । किन भने देशमा छोरी चेली बलात्कार हुन्छन् जनता न्यायको लागि सडक आउन्छ्न तिनै शासक निर्देशनमा जनताको टाउकोमा गोलि ठोकिन्छ । जनता सडकमा रुन्छ्न कराउछन् ।
आमाबुबा न्यायको भिख माग्छन् कसले सुन्दैनन । बहुराष्ट्रिय कम्पनी (NCL)नेपाली जनताबाट अरबौं अरब पैसा उठाउन्छ । उसले सरकारलाई कर तिर्न पर्दैन । चुनावको समयमा सत्ताको बार्गेनिङ गरेर नेताको घरमा नेपाल सरकारको राजस्व बुझाइन्छ र बुझाएको छ । देशमा अनगिन्ती भ्रष्टाचार, बलात्कार र समाजिक दण्डहीनताका घटनाहरु घटेका छन् । जनताको पक्षमा कहिँ कतैबाट न्याय हुदैन र जनताको कुरा सुनिदैन । एक पछि अर्को घटना हुदै तिनै मैले माथी नाम लिएका तानाशाह आडम हिटलर , मुसोलिनी र नेपालका श्री ३ जंग बहादुर राणाको शासन व्यवस्था भन्दा अझै ज्यादा जनता प्रताडित भएकै थिए। सोही समयमा देशमा एक अकल्पनीय घटना घट्यो पुरा विश्व मानव जगत कोभिड १९ अथवा कोरोना भाइरसको माहामरीले प्रताडित भएकोबेला देशमा लकडाउन चेलेको थियो जनता रोग भन्दा भोकले र ॠणको शोक के तड्पी रहेका थिए ।
देशमा व्यापार , व्यावसाय , बैंककिङ , क्षेत्र उधोग र सम्पुर्ण आर्थिक क्षेत्र चौपट्टै भएको बेला प्रधानमन्त्रीको गोप्य योजना अनुसार चोरबाटो बाट मन्त्रपरिषदको बैठक बाट राजनीतिक दल विभाजन गर्ने जस्ता लोकतन्त्रलाई नै अपहरण गर्ने खालको प्रधानमन्त्री ज्यू बाट अध्यादेश आउन्छ राष्ट्रपति ले प्रमाणित गरी राजपत्रमा प्रकाशि गर्छन् । शो अध्यादेश सफल गराउनको लागि प्रधानमन्त्रीको गोप्य योजनामा सांसद अपहरण हुन्छन ।
पीडित सांसद लगाएत नेपाल सरकारका पुर्व प्रधानमन्त्री र बहालवाला सांसद र पुर्व मन्त्री समेत नेपालको प्रचलित कानुन अनुसार किटानी जाहेरी दर्ता गर्न जादा प्रधानमन्त्री कै निर्देशनमा जाहेरी दर्ता हुदैन भने यो भन्दा ठुलो नेपाली जनताको अपमान र लोकतन्त्र अपहरण अरु के हुनसक्छ ? देशको विशिष्ट व्यक्तिहरुको त्यो हालत हुन्छ अपहरण हुन्छ मुद्दा दर्ता नगर्न प्रधानमन्त्री निर्देशन हुन्छ । भने म जस्तो गरिब देशभक्त जनताको के स्थिति होला म आफ्नो छोराछोरी आमाबुबालाई के जवाफ दिन सक्छु ? कसरी म सुरक्षीत महसुस गर्न सक्छु ? मलाई कुनै समय त्यो पार्टीको कुनै मान्छेले केहि गरि केहि अप्रीय घटना भइहाले म यो अवस्थामा के गर्न सक्छु ? मेरो मनमा गम्भीर प्रश्न उठेको छ घरमा छोराछोरी आमा श्रीमतीले सबैले एउटै प्रश्न गरेको छ समाजमा च
म नेपालको दुर्गम ठाउँमा बस्ने एक गरिब नेपाली हु ।
मलाई आफ्नो देशको बहुसंस्कृति।बहुजातीय ,बहुराष्ट्रियता ,बहुभाषिक र इन्द्रेणीस्वरुप हिमाल पहाड र तराई मदेश मिलेर बनेको देश नेपाल प्रति गर्व गर्दै चँन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा लाई भोकै पेट र पट्पटी फुटेका हातैले भएपनि उच्च सम्मान गर्दै सलाम अर्पण गर्दछु । मैले आफ्नो क्षमताले भ्याएसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय इतिहासको अलिकति भएपनि अध्यन गरेको छु संसारका शक्तिशाली भनिएका क्रूर शासक हिटलर मुसोलिनी र मेरै देशको श्री ३ जंग बहादुर राणा बारेमा अलिकति भएपनि ज्ञान् राख्दछु । ती सबै शासकको आत्मवृतान्त पनि केहि अध्यन गरेको छु यी सबैबाट पाठ सिकेर मैले पनि देशको विभिन्न राजनीतिक र समाजिक आन्दोलनमा भोकै पेटमा भएपनि सकेजति योगदान गर्न आफूपनि लागेको छु र आफू जस्तै भोका र पटपटी खुट्टा र हात फुटेका दाजुभाइ दिदीबहिनी आमाबुबा सबैलाई संघीय लोकतन्त्र गणतन्त्र लागि आन्दोलनमा सरिक हुन प्रेरित गरेको थिए ।
किन भने मैले बुझेको लोकतन्त्र भनेको जनताद्वारा जनताको लागि जनताबाट गरिएको शासन व्यवस्थालाई लोकतन्त्र भनेर बुझेको थिए ।त्यसो हो भन्ने हाम्रो जस्तो विविधतायुक्त देशमा लोकतान्त्रिक शासन व्यवस्था भन्दा अझै उन्नत खालको राज्य व्यवस्था र शासन व्यवस्थाको आवश्यकता छ भनेर संघीय लोकतान्त्रिक गणतन्त्रको लागि आफ्नै सरसमाज टोलका आफन्तका हजारौं हजार दाजुभाइ दिदीबहिनी आमाबुबा छोराछोरीले त्यही संघीय लोकतान्त्रिक गणतन्त्रको लागि तत्कालीन शासकको गोली र छरा बाट भकाभक ढलेको देखेको छु ।तिनै दिदिबहिनी दाजुभाइ आमाबुबा र छोराछोरी टुहुरा भएर घर को न ,, घाटको भएका देखेको छु ।
भने लाखौं लाख दाजुभाइ दिदिबहिनी आमाबुबा र छोराछोरीको शरीरभरि अहिलेसम्म पनि गोलि र छरा भित्र रहेर जिन्दगीभर अंपाङ घाइते भएर नर्क जिन्दगी बिताएको देखेको छु ।आफ्नो जिन्दगी हत्केलामा राखेर जनयुद्ध र जनआन्दोलनमा होमिएका नेपाली जनता भोको पेट पाल्नकै लागि र खुट्टामा एकजोड चप्पल लगाउनकै लागि खाडी मुलुकमा र भारतको गल्ली गल्लीमा भौतारिएको देखेको छु । अझैपनि जनताले ६०/७० डिग्री तापक्रममा पसिना संग साटेको रेमिटेन्स बाट देश चलेको पनि देखेको छु । तर अहिले त्यही रेमिटेन्सलाई श्रीमतीको दाइजो सम्झेर तिनै जनताको मुखमा धुलो उडने गरि अनि गरिबको त्यो फाटेको लुगामा हिलो छ्याप्ने गरि करोडौंका कार हुइकायको पनि देखेको छु ।
ती गाडी हुइकाउनेहरु जनयुद्ध र जनआन्दोलन र अहिलेसम्मका परिवर्तनको सबै मूमेन्टमा कोहि सेतो सर्ट कालो पाइन्टमा ओडारमा लुकेको पनि देखिन्थे भने कोहि जनताका छोराछोरी ढलीरहदा आतंककारी भन्थे भने कोहि केटाकेटीको खेल देख्थ्ये भने कोहि देशमा लोकतन्त्र र गणतन्त्रको सपना देख्नु भनेको काठमाडौ देखी अमेरिकासम्म बैलगाडा मा जानू सरह हो भन्थे भने कोहि लोकतन्त्रको लागि लडेका सहिद रगतलाई मासिकश्राव भएको रगतसंग तुलना गर्थे । सहि सत्य बोल्ने सुन्ने आँट भए तत्कालीन अवस्थामा यो भने र यो उपरोक्त भनाइको नेतृत्व अहिलेका प्रधानमन्त्री केपी सर्मा ओलि ले गरेका थिए ।
आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था छ । तिनै सहिद परिवार घाइते अपंगले भोट हलेर जिताएका जनताका जनप्रतिनिधिले संविधान सभा बाट निर्माण गरेको संविधान छ । सो संविधानले कल्पना गरेको लोकतन्त्र भनेको मैले माथी भने जस्तै जनताद्वारा जनताको लागि जनताबाट संचालित शासन व्यवस्था आजको दिनमा जनताले महसुस गर्न पाएको छ त ? गम्भीर प्रश्न उठेको छ । किन भने देशमा छोरी चेली बलात्कार हुन्छन् जनता न्यायको लागि सडक आउन्छ्न तिनै शासक निर्देशनमा जनताको टाउकोमा गोलि ठोकिन्छ । जनता सडकमा रुन्छ्न कराउन्छ्न । आमाबुबा न्यायको भिख माग्छन् कसले सुन्दैनन । बहुराष्ट्रिय कम्पनी (NCL)नेपाली जनताबाट अरबौं अरब पैसा उठाउन्छ । उसले सरकारलाई कर तिर्न पर्दैन ।
चुनावको समयमा सत्ताको बार्गेनिङ गरेर नेताको घरमा नेपाल सरकारको राजस्व बुझाइन्छ र बुझाएको छ । देशमा अनगिन्ती भ्रष्टाचार, बलात्कार र समाजिक दण्डहीनताका घटनाहरु घटेका छन् । जनताको पक्षमा कहिँ कतैबाट न्याय हुदैन र जनताको कुरा सुनिदैन । एक पछि अर्को घटना हुदै तिनै मैले माथी नाम लिएका तानाशाह आडम हिटलर , मुसोलिनी र नेपालका श्री ३ जंग बहादुर राणाको शासन व्यवस्था भन्दा अझै ज्यादा जनता प्रताडित भएकै थिए। सोही समयमा देशमा एक अकल्पनीय घटना घट्यो पुरा विश्व मानव जगत कोभिड १९ अथवा कोरोना भाइरसको माहामरीले प्रताडित भएकोबेला देशमा लकडाउन चेलेको थियो जनता रोग भन्दा भोकले र ॠणको शोक के तड्पी रहेका थिए ।देशमा व्यापार , व्यावसाय , बैंककिङ , क्षेत्र उधोग र सम्पुर्ण आर्थिक क्षेत्र चौपट्टै भएको बेला प्रधानमन्त्रीको गोप्य योजना अनुसार चोरबाटो बाट मन्त्रपरिषदको बैठक बाट राजनीतिक दल विभाजन गर्ने जस्ता लोकतन्त्रलाई नै अपहरण गर्ने खालको प्रधानमन्त्री ज्यू बाट अध्यादेश आउन्छ राष्ट्रपति ले प्रमाणित गरी राजपत्रमा प्रकाशि गर्छन् ।
शो अध्यादेश सफल गराउनको लागि प्रधानमन्त्रीको गोप्य योजनामा सांसद अपहरण हुन्छन । पीडित सांसद लगाएत नेपाल सरकारका पुर्व प्रधानमन्त्री र बहालवाला सांसद र पुर्व मन्त्री समेत नेपालको प्रचलित कानुन अनुसार किटानी जाहेरी दर्ता गर्न जादा प्रधानमन्त्री कै निर्देशनमा जाहेरी दर्ता हुदैन भने यो भन्दा ठुलो नेपाली जनताको अपमान र लोकतन्त्र अपहरण अरु के हुनसक्छ ? देशको विशिष्ट व्यक्तिहरुको त्यो हालत हुन्छ अपहरण हुन्छ मुद्दा दर्ता नगर्न प्रधानमन्त्री निर्देशन हुन्छ । भने म जस्तो गरिब देशभक्त जनताको के स्थिति होला म आफ्नो छोराछोरी आमाबुबालाई के जवाफ दिन सक्छु ?
कसरी म सुरक्षीत महसुस गर्न सक्छु ? मलाई कुनै समय त्यो पार्टीको कुनै मान्छेले केहि गरि केहि अप्रीय घटना भइहाले म यो अवस्थामा के गर्न सक्छु ? मेरो मनमा गम्भीर प्रश्न उठेको छ घरमा छोराछोरी आमा श्रीमतीले सबैले एउटै प्रश्न गरेको छ समाजमा चारैतिर एउटै प्रश्न छ कि हामी कसरी सुरक्षीत हुन्छौं ? देशको सांसद र पुर्व प्रधानमन्त्रीको कुरा एक पुलिस सुन्न तयार छैन प्रधानमन्त्रीको निर्देशन छैन भन्दै मुद्दा दर्ता गर्दैन । भने यो देशमा लोकतन्त्र नाममा ओलितन्त्र त छैन ? सर्वेन्द्रको माध्यम बाट सरकारले पुलिसलाई नै सरकारकारी गुण्डा त बनाइ रहेकोे छैन ? निर्मला जस्ता तमाम छोरीको आत्माले न्याय मागीरहेको छ ।
के ती बल्तकारी सर्वेन्द्र खनाल र केपी ओलि को संरक्षणमा त छैन ? देशमा भएका सबै भ्रष्टाचारीको संरक्षणमा प्रधानमन्त्रीले आफै त छैन ? भन्ने प्रश्नको एकमात्र जवाफ हो ओलितन्त्रको गुण्डातन्त्र । जनताको रक्षक जस्ताको चाकरीतन्त्र । सत्ताका हनुमान जस्ताको चम्चागिरीतन्त्र । यसकारण अब ढिलो नगरी तेरोमेरो नभनी प्राप्त संघीय गणतन्त्रको रक्षाका निमित्त इतिहासमा श्री ३ जंग बहादुरको राणातन्त्र र २४० वर्षको राजतन्त्र फालन सफल भएका नेपाली जनताको एकता र सहकार्य आवश्यक छ। लोकतन्त्रको लागि सम्पुर्ण यूवाले दलिय स्वार्थबाट माथी उठन अपरिहार्य भइ सकेको छ । तानाशाहको जन्म बाजा बजाएर हुदैन । ओलिबाट तानाशाहतन्त्र शुरूवात भइ सकेको छ ।यसकारण देश तथा विदेशमा रहेका सम्पुर्ण पत्रकार ,नेपाली जनता, बुद्धिजीवी, नागरिक समाज ,देशभक्त कर्मचारी मजदुर, किसान ,उधोगी व्यपारी सबै एकजुट हुन आवश्यक छ । कानुनी राजको स्थापना गरौं । गुण्डाराजको अन्त्य गरौं । –लेखक मिनराज बडु समाजवादी पार्टी नेपाल प्रदेश नं ७ सचिव हुन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्