लकडाउनमा मृत्यु भएका एक बेबारिसे नेपालीको देहरादुनमा दाहसंस्कार

काठमाडाैं – कोरोना भाईरसको कारण लकडाउनमा परि उचित उपचारको अभावमा भारतको देहरादुनमा मृत्यु भई बेवारिसे अवस्थामा रहेका एक नेपालीको देहरादुनमा अन्तिम दाहसंस्कार गरिएको छ ।
बाग्लुङको निसिखोला गाँउपालिका ३ छापाखानीका जित बहादुर घर्ती मगर कामको शिलशिलामा भारतको उत्तराखण्ड हरिद्धारमा पुगेका थिए । लकडाउनको बेला घर्ती मगरलाई अचानक स्वास्थ्य समस्या देखिएको थियो । उनलाई साथीहरुको सहयोगमा हरिद्धारमा भएको एक अस्पतालमा पुर्याईए पनि लकडाउनको समय मुटुको उपचार नहुने भन्दै त्यहाँको डाक्टरले देहेरादुनको एमसीसी अस्पतालमा पठाइदिएका थिए ।
एक हप्ता उपचार गराएका मगरको मंगलबार उक्त अस्पतालमा नै निधन भएको थियो । मृतक जितबहादुरको अस्पतालमा आफन्त कोहि नभएकोले उनको लास बेवारिसे बनेको बेला देहरादुन केल्मन्टाउनमा बस्ने टेकु थापा मगरलाई उनका आफन्तले सम्पर्क गरेका थिए । त्यसपछि त्यहाँको वस्तुस्थिति बुझेर मगरले गोर्खा परिषद् अध्यक्ष (राज्य मन्त्री) टि टि भुटियालाई सम्पर्क गरेपछि भुटियाले उत्तराखण्ड सरकारका मुख्य मन्त्री सँग सम्पर्क गरेका थिए ।
कोरोना माहामारीको विषम परिस्थितिमा मानविय सहयोग स्वरुप मुख्यमन्त्रीद्धारा घर्ती मगरको उपचारमा लागेको भारु ९५ हजार र दाहसंस्कार खर्च उपलब्ध गराई मृतकको अन्तिम दाहसंस्कार देहेरादुनमा नै गरिएको विर गोर्खा कल्याण समितिका कोषाध्यक्ष समाजसेवी टेकु थापा मगरले जानकारी दिए ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्