Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

दिल्लीमा नेपाली मजदुरलाई राहत वितरण


भारत – प्रगतिशील नेपाली समाज भारत दिल्ली विद्यार्थी संगठन द्वारा दिल्लीमा नेपाली मजदुरलाई राहत वितरण गरेको छ ।

प्रगतिशील नेपाली समाज भारत केन्द्रीय सदस्य विद्यार्थी नेता के बी धामीको नेतृत्वको टोलीले दिल्लीको विभिन्न ठाउँमा दैनिकी ज्याला मजदुर गरेर खानि नेपाली मजदुरलाई राहत वितरण गरेको हाे ।

यतिखेर दिल्लीमा दैनिकी मजदुर गरेर खाने नेपाली मजदुरहरुको अवस्था दैनिय छ त्यहाँ हजारौंको संख्यामा रहेका नेपाली मजदुर यतिबेला अलपत्र अवस्थामा छन् उनिहरुलाइ दैनिकी जिगोपार्जनको लागि धौधौ परेको छ । विभिन्न संग संगठन व्यक्ति विषेश बाट राहत वितरण भएपनि त्यो अपर्याप्त रुपमा छ ।

दिल्ली सरकारले ठुलो राहतको घोषणा गरे पनि नेपाली मजदुर सम्म पुगिरहेको छैन । त्यसैलाई मध्यनजर गरि प्रगतिशील नेपाली समाज भारत दिल्ली राज्य समितिले दिल्लीका विभिन्न ठाउहरुमा राहत वितरण र उद्धार कार्यमा तिब्रता दिएको दिल्ली राज्य अध्यक्ष रतन महर बताए । दिल्लीमा यात्राको क्रममा अलपत्र सयौंको संख्यामा रहेका नेपालीलाई पनि खाना बस्नको व्यवस्था मिलाइदिएको जानकारी सो संगठनका केन्द्रीय सचिव गणेश अधिकारीले बताएका छन् ।

दिल्लीमा संगठनको तर्फबाट सक्दो सयोग भैरहेको सो संगठनका दिल्ली राज्य सचिव अर्जुन दाहालले जानकारी दिएका छन् । यो महामारीको समयमा भारतभर संगठनको तर्फबाठ सक्दो सयोग भैरहेको र थप सयोगको लागि संगठनका साथीहरू लागि रहेको सो संगठनका बरिस्ठ उपाध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभएको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्