गोवामा नेपाली कामदार अलपत्र,उद्धारको लागी नेपाल सरकारलाई आग्रह

-लोकेन्द्र सेर्पाली,गोवा – भारतको गोवा राज्यमा दश हजार भन्दा माथिको संख्यामा रहेका नेपाली कामदार अलपत्र पर्ने सम्भावना देखिएको छ । हालै गोवा सरकारले आप्रवासी कामदारलाई घरफिर्तीको लागि विभिन्न निकायबाट फर्महरु भराइरहेको छ ।
गोवामा यतिखेर अधिकंस नेपाली कामदार नेपाल जान चाहन्छन् । उनिहरुलाइ यतिबेला खान बस्नको लागि धेरै समस्या परिरहेको छ । गोवा सरकारले पनि घर फिर्तीको लागि आह्वान गरिसकेको छ । गोवामा प्रायःजसो नेपालीहरु होटल इन्डष्ट्रि लगायत विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् । यतिबेला कोरना संकटका कारण होटल लगायत सबै उद्योग धन्दाहरु बन्दाबन्दी अबस्थामा छन् । तत्काल गोवामा उद्योग धन्दा खुल्ने कुनै सम्भावना छैन।
केही स्थानमा होटेल उद्योग खुलेेपनि त्यो अपर्याप्त मात्रामा छैन । यस्तै पनि गोवा करोना संकट पुर्व होटेलहरु ६ महिनाको लागि मात्र संचालन हुने गर्थे जस्तै नोभेम्बर डिसेम्बरबाट सुरुभै मे अन्यसम्म सबै जसो होटेलहरु बन्दाबन्दी हुने गर्छन् । गोवाको अर्थतन्त्रको मुल जगभनेकै पर्यटन क्षेत्र हो । यस क्षेत्रमा हजारौं नेपाली कामदार कार्यरत छन् । यतिबेला कोरानाका कारण पर्यटक क्षेत्र शुन्यमा झरेको छ। आजभन्दा तिन महीना पहिलै होटेल लगायत सबै क्षेत्र बन्द भैसकेका थिए। त्यसको प्रत्येक्ष असर नेपाली कामदारलाई परेको छ । गोवा सरकारले कोरना मुक्त क्षेत्र घोषणा गरेपनि जोखिम भने त्यतिकै छ ।
यस्तै पनि नेपालीहरु ६ महिनाका लागि मात्र गोवा आउने गर्छन् बाँकी समय नेपालतिरै खेतिमा फर्किन्छन् त्यहि भएरै पनि नेपालीहरुका लागि गोवा आकर्ष बन्ने गरेको छ । गोवाको अर्थतन्त्रको मुल जग भनेकै पर्यटन क्षेत्र हो । यतिबेला कोरना संकटका कारण पर्यटक क्षेत्र शुन्यमा झरेको छ । गोवा सरकारले पनि राज्यका सबै जसो सीमाहरू बन्द गरेर राखेको छ । त्यसको प्रत्येक्ष असर सबै क्षेत्रमा परेको छ । यतिखेर प्राय नेपाली कामदार यतिबेला अलपत्र अवस्थामा छन् ।
गत सोमबार गोवाराज्यका मुख्यमन्त्री प्रमोद सावंतले भनेका छन्की आगामी चार दिनभित्र केन्द्रले सरकारले एक आप्रवासी कार्यविधि लिएर राज्यबाट नेपाली आप्रवासीहरूलाई बाहिर निकाल्ने छ। उनी थप भन्छन् धेरै जसो गोवामा कार्यरत नेपालीहरु समुद्री तट श्याक्स फास्ट फूड होटल जोइन्ट्स र रेष्टुरेन्टहरूमा कार्यरत छन्। सावन्तले भने कि अहिलेसम्म 80०,००० आप्रवासीहरूले राज्य छोड्ने दर्ता गरेका छन्।
गोवामा बसोबास गर्ने नेपालीहरूलाई विदेशी नागरिक मानिन्छ, सावन्तले भने, र दुई दिनभित्र केन्द्रबाट एसओपी घोषणा गर्ने छन र उनीहरूको फिर्ताको सम्बन्धमा। उनले घर फर्कन चाहने नेपाली आप्रवासीहरुलाई पनि आफैंलाई अधिकारीहरुमा दर्ता गर्न भने। “विदेश मामिला मन्त्रालयले SOP अनावरण गर्नेछ भनेका छन् । यहाँ रहेका अन्य विदेशी नागरिकहरुमा सावन्तले भने कि घर, अतिथिगृह र होटलमा बसोबास गर्नेहरूले नजिकको पुलिस स्टेशनमा जानु पर्छ र उनीहरूलाई दर्ता गराउनु पर्छ ताकि सरकारले उनीहरूको संख्या निश्चित गर्न सक्दछ। एक पत्रकारको प्रश्नमा आप्रवासी मजदुरहरूको लागि भाडा कसले दिने भन्ने सम्बन्धमा सावन्तले भने कि यस विषयको निर्णय हुन सकेको छैन। उनले यो पनि भने कि आप्रवासीको सख्याको आधारमा रेलवे स्टेशनलाई रेलगाडीको प्रस्थानको लागि तोकिनेछ।
“राज्य सरकारले रेलवे स्टेशनमा प्रवासीहरूलाई ड्रप गर्ने व्यवस्था गर्नेछ,” उनले भने। यद्यपि गोवा सरकारले आप्रवासीलाइ घर फिर्ताको योजना बनाएपनि नेपाली कमदारको हकमा लागुहुने सम्भावना कम हुन्छ । किनभने यतिबेला कोरना संकटका कारण नेपाल सरकारले आगामी जेठ १८ सम्मलाई अन्तर्राष्ट्रिय सिमाहरु हवाई मार्ग बन्दगरेको छ । त्यतिबेलासम्म पनि भारत लगायत विभिन्न देशमा कोरना स्थिर भएनभने सिमा खुल्ने कुनै सम्भावना रहन्न । आजसम्म सिमा खोल्ने विषयमा नेपाल सरकार र भारत सरकारको आधिकारिक धारणा बाहिर आएको छैन न दिल्ली स्थिति नेपाली राजदुतावासले कुनै सुचना प्रकाशनमा ल्याएको छ ।
यतिखेर नेपाल सरकारको आफ्नै खाले बाध्यता होलान् । यदि सरकारले त्यस्तो नगर्ने होभनेपनि खुल्ला सिमाका कारण कोरना जोखिम त्यतिकै रहन्छ र भविष्यमा देशले थेक्नै प्रस्थिति आउन सक्छ । यतिखेर गोवामा ठुलो संख्यामा नेपाली कामदार विभिन्न पेसाकर्मीहरु चिन्तित मुद्रामा छन् । नेपाल सरकारबाट गोवामा अलपत्र परेका नेपाली कामदारलाई छिटोभन्दा छिटो उद्धारगरि १४ दिन क्वारेन्टाइनमा राखी स्वास्थ्य चेकजाँच गरि सकुशल आआफ्नो घर फिर्तीको लागि व्यवस्था मिलाइदिन विषेश जिम्मेवारी हुन आउछ ।
गोवामा अवस्थित विभिन्न क्षेत्रका नागरिक अगुवाहरु यसाे भन्छन् :

प्रकाश जैगडि अलइन्डिया तेक्वान्दो हेड कोच भन्छन् गोवामा स्थायी रुपमा बसोबास गर्दै आइरहेका नेपालीका हकमा त त्यस्तो केहिपनि फरक पर्दैन दैनिक ज्याला मजदुर गर्दै आइरहेका र अस्थायी रुपमा कार्यरत नेपालीको हकमा समस्या आउन सक्छ किनभने यतिखेर सबै आयोस्रोतहरु बन्द छन् । आम्दानी कहि कतैबाट छैन त्यसको प्रत्यक्ष असर दैनिक जिगोपार्जनामा पर्न सक्छ ।
प्रकाश थापा पुन गोवा नेपाली समाजका अध्यक्ष

यतिबेला कोरना महामारीको अवस्था छ अहिले गोवा भन्दा अन्य ठाँउ त्यति सुरक्षित छ । जस्तो लाग्दैन जहां पनि कठिनाइ छ । त्यसैले गोवमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ म के भन्न चाहन्छु भने, तपाईं हामी यतिखेर अत्यन्तै दु:खदायी अवस्थामा छौं ।
यो दु:खलाइ सबै नेपाली दाजुभाइले एक आपसमा शेहेर गरौं यक अर्काको दु:खमा सयोगी भावना राखौं । जबसम्म नेपाल सरकारले सीमा खोल्दैन तबसम्म हामी गोवामै सुरक्षित तरिकाले बसौं व्यक्ति विषेशका गलत सुचनाहरुको पछि नलाऔं ।

यतिबेला भनेको संकटको घडी हो। यो संकटको घडीमा आफू पनि सुरक्षित रहाैं अरुलाइ पनि सुरक्षित राख्ने समय हो । गोवा हाम्रो जन्म थलो नभए पनि कर्म थलो हो । हामी यस ठाउँमा जिविकोपार्जनको लागि आएका यस संकटको घडीमा पनि हामी आफ्नो जन्मथलो जान पाएका छैनौं ।
यो कोरना संकटको घडीमा अवस्था नै अनुकुल छ त्यसैले कसैको अफवाह हल्लामा नलागि सीमाना खोल्ने समयसम्म सुरक्षित बसौं ।
धुर्व न्यौपाने प्रगतिशील नेपाली समाजका स्कुलिङ विभाग प्रमुख

सर्वप्रथम त यस संकटको बेलामा नेपाल सरकार विश्वमा जहा कहि अलपत्र परेका नेपालीहरुलाइ उदारको व्यवस्थापन मिलाउनु पर्छ किनभने त्यो जननिर्वाचित सरकारको दायित्व हो ?
तरपनि यो अन्धो सरकारबाट त्यो सम्भावना एकदमै कम छ त्यसैले यस्तो बेलामा कसैको लहलहै नलागि सुरक्षित भएर बसौं कोइ कोइ साथीहरूलाई कोरना संकटको बेलामा सेकेन्ड रबिलामिक्षाने बन्ने भुत जागेको छ ।
त्यसैले विभिन्न हर्कतहरु बाहिर आइराखेका छन् ? नेपाल भारत सीमा पार गर्ने भन्ने विषयमा दुइ देशका सरकार प्रमुखहरु बसेर निर्णय गर्ने कुरा हो ।व्यक्ति विषेशबाट सम्भव हुदैन ।
रमेश खड्का संथापाक सदस्य

गोवा लगायत भारतभर नेपालीको अवस्था अत्यन्तै पिडादायीक छ त्यसैले समयमै नेपाल सरकारले भारतमा अलपत्र नेपाली नागरिकलाई उदार गर्न जरुरी छ ।
किरण राई बुद्धिजीवी सर्कल भारत संयोजक

यतिखेरको प्रस्थिति भनेको साधारण नभएर असाधारण प्रस्थिति हो यदि विश्वले समयमै कोरना भाइरस नियन्त्रण गर्न सकेन भने दोश्रो विश्वयुद्ध बेलाको भन्दा ठुलो मुल्य चुकाउनु पर्ने छ सारा दुनियाँ आर्थिक संकटको दलदलमा फस्ने छन् त्यसले विश्वमा राजनीति उथलपुथल ल्याउने सम्भावना रहन्छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्