बेलायतमा मात्रै कोराेनाबाट ५२ जना भूपू सैनिक र तिनका परिवारको मृत्यु

काठमाडाैं –काराेना भाइरस (काेभिड -१९) काे संक्रमणबाट बेलायतमा बसोबास गर्ने भुपुु सैनिक र तिनीहरुका परिवारहरु मध्ये ५२ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेहरूकाे यो संख्या जेठ ४ गते सम्मको हो ।
नेपाल भुतपुर्व सैनिक संघ केन्द्रिय कार्य सम्पादन समितिको भिडियो भच्र्युअल मिटिङपछि जारी विज्ञप्तिमा ५२ जनाको बेलायतमा मात्र ज्यानगएको जानकारी गराईएको हाे ।
बेलायतमा रहेकाभुपु सैनिक र उनीहरुको परिवारमा कोरोनाले पुर्याएको मानविय क्षतिको कारणहरु खोजी गर्न साथै माहामारीले संसारभर लकडाउनको अवस्थाबाट उत्पन्न परिस्थितिको बारेमा छलफल गर्न नेपाल भुतपुर्व सैनिक संघ केन्द्रिय कार्य सम्पादन समितिको भिडियो भच्र्युअल मिटिङ सम्पन्न भएको छ।
संक्रमणबाट नेपाल,भारत,हंककङ, सिंगापुर, ब्रुनाई लगायतका देशहरुमा नेपाली भुतपुर्व सैनिक र उनका परिवारहरुमा परेको प्रभाव र न्युनिकरणका उपायहरुबारे छलफल गरिएको थियो । बैठक पछि नेपाल भुतपुर्व सैनिक संघ केन्द्रियअध्यक्ष कर्णेल धनबहादुर मास्की राना मगरद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत कोरोना संक्रमणबाट ज्यानगुमाउनेहरु प्रतिश्रद्धाञ्जली प्रकट गदै,भूपू सैनिकहरुलाई कोरोना संक्रमण हुननदिनउच्च सर्तकताअपनाउन अनुरोध गरिएको छ ।
साथै,उच्च जोखिममा रहेका उमेर पुगेका भू.पू. साथै महिलाहरुको अभिलेख राखीउचित स्याहारसुसारमा विशेष ध्यान पुर्याउन समेत अपिल गरिएको छ । त्यस्तै, घर चुल्हो नबल्ने घरपरिवार, दैनिक रोजगारी खोसिएका मजदुरहरु, बाटोमा अलपत्र परेका यात्रुहरुलाई खाना साथै उद्धारका लागि भू.पू. सैनिकहरुलाई सहयोग गर्न साथै, माहामारी विरुद्धको लडाईमाउच्च सजकबनेर एकजुट भएर लाग्न समेत आग्रह गरिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्