Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

भारतमा रहेका नेपालीलाई सहजताका लागी प्रगतिशील नेपाली समाज भारतले डाटा फारम ल्यायाे


लोकेन्द्र सेर्पाली

गाेवा – भारतमा हजारौंको संख्यामा अलपत्र नेपालीलाई उद्धार गर्न सहजताका लागि प्रगतिशील नेपाली समाज समिति भारतले अनलाइन फारम प्रकाशनमा ल्याएको छ ।

हालसालै अनलाइन मार्फत बसेको पदाधिकारीको बैठकले भारतभर छरिएर बसेका नेपाली नागरिकको डाटा संकलन गर्ने निर्णय गरेको हाे । बैठकले संकलन डाटा फारम छिट्टै परराष्ट्र मन्त्रालयलाई पठाउने निर्णय समेत गरेको जानकारी संगठनका अध्यक्ष प्रकाश नेपाली र प्रवक्ता गोगोकुल भुजेलले जानकारी दिए ।

चिनको बुवान सहरबाट सुरुभएको कोराेना भाइरस अहिलेसम्म विश्वका सबैजसो मुलुकमा फैलिसकेको छ । भाइरसका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ । विश्वभरी लाखौं मान्छेहरुको ज्यान गैसकेको छ भने लाखौंलाख मान्छेहरू संक्रमित छन् करोडौं मान्छेहरु बेरोजगार भएर बसेका छन् ।

भारतमा पनि संक्रमितको संख्या र मृतकको संख्या बढ्दो क्रममा छ । त्यसैलाई नजरअन्दाज गरि भॉरतमॉप्रगतिशील नेपाली समाज समिति भारतले उक्त कार्यको थालनी गरेको

यतिबेला कोरना भाइरस विरुद्ध भारत लगायत विश्व सबैजसो राष्ट्रहरु भाइरससंग लडिरहेका छन् भारतमा दिनप्रतिदिन बढिरहेको कोरोना महामारीको प्रकोप र नेपाली समुदायले भोग्नु परेको पीडा, समस्याहरुलाई नेपाल सरकारले समेत वास्ता नगर्दा तमाम कष्ट र चुनौतीसंग लडिरहेका लाखौ नेपाली नागरिकहरुको दिनचर्या नाजुक बन्दै गएको छ ।

कोरोना महामारीको चपेटबाट सिर्जना भएको मानव बिपत्तिको सन्-त्रास र अझै दुबै देश बिच उत्पन्न सिमा विवादको बढ्दो तनावले भारतमा बस्ने लाखौ नेपाली नागरिकहरु माझ थप सम्भावित उत्पन्न दु:ख – कष्टलाई समेत मध्येनजर गर्दै हाम्रो संगठनको तर्फबाट हामिले इन्टरनेटको साहेताले यी सम्भावित सबै कुराहरु माथी हाम्रो संगठनको नजर बनाइराख्न अर्थात् आगामी दिनमा भारतमा बस्ने नेपाली समुदाय माथी आउने सबैखाले समस्याको समाधान खोज्न सजिलो होस् भन्ने हेतुले हाम्रो संगठनले अनलाइन मार्फत भरेर आफुभित्र परेको सबै खाले समस्या, आफू बसेको स्थान र चाहिने सहयोग स्पष्ट राख्न सक्ने गरि एक सफ्टवेयरको बिकास गरेकाछौ (नागरिक व्यक्तिगत विवरण )फारम जस्तो भरिने विवरण भएको हुदा भारतको जुनसुकै भूगोलबाट जहिले पनि जुनसुकै माध्यमबाट भर्नपाउने अनलाइन फारम सबै नेपाली नागरिकहरुको पहुँच सम्म पुर्‍याउने एक प्रयास गरेका छौ । यो अभियानमा सबै नेपाली मनमुटुहरुको साथ र सहयोग रहने छ भन्नेमा हाम्रो संगठन विश्वस्त छ ।

यो विद्यार्थी संगठनका सम्पुर्ण साथिहरु विशेष केबि धामी ,राजु भटराई अन्य साथिहरुको सृजन्शिल्ता कृयशिलता हामी सबैको सक्रियताले नै सम्भव भएको छ।यस अभियानलाई ब्यक्तिगत भन्दा पनि संगाठनिक रुपमा नै हामिले सफल बनाउनुपर्छ।सम्पूर्ण भारत प्रावासी नेपाली हरुलाइ एउटै छातामुनि राख्ने र हरेक नागरिकका सम्स्या हरु आवाजहरु संबंधित निकाय सम्म पुर्याउनु यश फर्मको मुल उदेश्य हो।भारत प्रावसी हरेक नागरिकको ब्याक्तिगत गोपनियताको बारेमा पनि हामी संबेदनसिल छौ र त्यसको सुरक्षाको पुर्ण ग्यारेन्टी लिने सम्पुर्ण नागरिकहरुमा बिश्वास दिलाउन चहान्छौ। प्रगतिशील नेपाली समज समिति भारत केन्द्रीय समिति ।

डाटा फारम लिङको लागी यता क्लिक गर्नुहोस् !


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्