माननीय देबकी मल्लद्धारा बझाङका विद्यार्थीलाई गोदावरीमा खाजासहित पानी वितरण

बझाङका विभिन्न स्थानिय तहका करिव पाँच सय विद्यार्थीहरुलाई काठमाडौं उपत्यकाबाट सुदूरपश्चिम सम्पर्क कमिटी सचिवालय सदस्य कमल थापाको नेतृतवमा उद्दार गरी बझाङ पढाइएको हो ।
घर पुगेपछि क्वारेन्टाइनमा बस्ने गरी विद्यार्थीलाई बझाङ पठाइएको हो । बझाङका लागि हिँडेका विद्यार्थीहरुलाई सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय देबकी मल्ल, जनक बुढा,राष्टिय युवा संघका नेता दिलबहादुर थापा तुफान,प्रमानन्द चिमाडी हलचल,भरत बोहोरा,धन बहादुर बोहोरा लगायतको टोलीले गोदावरी नजिकै खाजा सहित पानी समेत वितरण गरेका छन् ।
ज्यपृथ्वी नगरपालिका,बुङगल नगरपालिका,दुर्गाथली गाउंपालिका,खप्तड छान्ना गाउंपालिका लगायतका विद्यार्थीलाई कमल थापाको नेतृत्वमा बझाङ पढाएको हो । कतिपय विद्यार्थी शनिबार नै बझाङ पुगिसकेका छन् । राष्टिय युवा संघका नेता दिलबहादुर थापा तुफानका अनुसार सम्बन्धित स्थानीय तहले बनाएका क्वारेन्टाइनमा विद्यार्थीहरु बस्नेछन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्