Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

संसोधन फिर्ता गर्न सरिता गिरीलाई निर्देशन, नगरे कार्वाही गर्ने


लिम्पियाधुरा सहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएकी सांसद सरिता गिरीलाई जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टीले संशोधन फिर्ता लिन निर्देशन दिएको छ ।

नेपालको संविधानको दोस्रो संशोधनमा संसदीय दलको निर्देशन विना नै संशोधन हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि पार्टीले निर्देशन दिएको हो । संशोधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने पत्र पठाएको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले उल्लेख गरेका छन् ।

दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्ने गरी संविधान संशोधनका लागि सरकारले विधेयक प्रस्तुत गरेको छ ।

सांसद गिरीले आज संसद सचिवालयमा दर्ता गराएको विधेयकमाथिको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन माग गरेकी छिन् ।

गिरीले आज विधेयक दर्ता गराएसँगै व्यापक चौतर्फी आलोचना भएको छ । आलोचना भएसँगै समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपनि संसदीय दलको एकीकरण नभएको कारण उनलाई समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्