Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेपाली भूमि निरीक्षणका लागि प्रधानसेनापति र सशस्त्रका आईजीपी छाङरु प्रस्थान


काठमाडौं – सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा नेपाली भूमि निरीक्षणका लागि दार्चुलाको छाङरु प्रस्थान गरेका छन् । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीका प्रमुख खनालको यो भ्रमण महत्वपूर्ण मानिएको छ ।

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र छाङरुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्ने उनीहरुको तयारी छ ।

गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो ।


क्याटेगोरी : समाचार, सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्