पाँच जना चिकित्सकमा कोरोना पुष्टि, अस्पतालको सेवा अनिश्चित कालका लागि बन्द

पर्वत अस्पतालमा कार्यरत ५ जना चिकित्सकहरुमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा चिकित्सकहरूको स्वाब परीक्षणको लागि पठाइएकोमा ५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । उनीहरू पर्वत कोरोना अस्थायी अस्पतालमा सङ्क्रमितहरूको उपचारमा संलग्न रहँदै आएका थिए।
बिहीबारसम्म जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ३८ जना रहेकोमा ५ जना चिकित्सक थपिएसँगै ४३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । कुल सङ्क्रमितमध्ये ८ जनाको भने रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई बिहीबार स्थानीय तहमा रहेका क्वारेनटाइनमा पठाइएको छ ।
चिकित्सकहरुमा नै संक्रमणको पुष्टि भएसँगै अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवाहरू बन्द गरिएको छ । अवस्था हेरेर सेवा सञ्चालन हुने नहुने निर्णय हुने डा. देवकोटाले बताउनु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्