गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि (सुचीसहित)

काठमाडौं ।
प्रदेशका ७ जिल्लामा थप ५८ जना नयाँ कोरोना संक्रमित फेला परे सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ४३८ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित पुष्टि हुनेहरुमा
तनँहू जिल्लामा २५ जना संक्रमित मध्ये
तनहुँको ऋषिङ गाउँपालिकाका १ वर्षको बालकदेखि ३७ वर्ष उमेर समूहका – २१ जना युवाहरु
ब्यास नगरपालिकामा २४ र २८ वर्षका –२ जना पुरुषहरु
शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षका –२ जना पुरुषहरु
नवलपुर जिल्लाका १६ संक्रमितहरुमध्ये
बुलिङटार गाउँपालिकाका १७ वर्षदेखि ३७ वर्ष उमेर समूहका – ११ जना पुरुषहरु
मध्यविन्दु नगरपालिकाका २५ र ४५ वर्ष उमेरका – २ जना पुरुष
बौदीकाली गाउँपालिकाका ४७ वर्षीय – १ जना पुरुष
विनयत्रिवेणी गाउँपालिका २१ वर्षीय – १ जना पुरुष
देवचुली नगरपालिकाका १९ वर्षीय – १ जना पुरुष
बाग्लुङ जिल्लाका ८ संक्रमित मध्ये
बाग्लुङको काठेगाखोला गाउँपालिकामा २२ देखि ३९ वर्ष उमेर समूहका ७ जना पुरुष र १ जना महिला गरि – ८ जना
गोरखा जिल्लामा ५ संक्रमितमध्ये
भिमसेन नगरपालिकामा ३६, ३३, २२, ३५ र २८ वर्षका – ५ जना पुरुषहरु
कास्कीका संक्रमितहरु मध्ये
मादी गाउँपालिकामा ४१ वर्षीय पुरुष र १९ महिने बालिका गरि –२ जना
म्याग्दी जिल्लामा
मालिका गाउँपालिकामा ३० वर्षीय –१ पुरुष
र स्याङ्जाको पालिका नखुलेको २९ वर्षीय –१ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्