Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
Sajha Hub

एकै दिन १७१ जनामा संक्रमण पुष्टि, सुदूरपश्चिम प्रदेशमा कोरोना संंक्रमितको संख्या ६ सय ४२


थप १ सय ७१ जनामा एकै दिन कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा संंक्रमितको संख्या ६ सय ४२ पुगेको छ ।

शुक्रबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षणबाट १ सय ५१, सेती प्रादेशिक अस्पतालबाट १२, भेरी अस्पतालबाट १ र महाराजगञ्ज अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट ७ जना गरी जम्मा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक बिकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया ब्रिफिङ्गका अनुसार पुष्टि भएकामध्ये कैलालीका ४१ पुरुष र १४ महिला, कञ्चनपुरका १ पुरुष, अछामका ६ पुरुष र २ महिला, बैतडीका ६० पुरुष र ८ महिला, बाजुराका ८ पुरुष रहेका छन् । त्यसैगरी डडेल्धुराका ९ पुरुष, डोटीका १६ पुरुष र ३ महिला, बझाङ्गका २ पुरुष र १ महिला रहेका छन् ।

यस अघि नै १२४ जना संक्रमित निको भई घर गईसकेका छन भने ४ जना संक्रमितको मृत्यु भई सकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्