Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

२ सय २८ जना नेपाली कोरियाबाट शनिबार स्वदेश फर्किए


कोरोना भाइरसको संक्रमणका कारण उडान नभएपछि समस्यामा परेका २ सय २८ जना नेपाली शनिबार स्वदेश आइपुगेका छन् । कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आएर भिसा सकिएका उनीहरुलाई दक्षिण कोरियाले नेपाली कामदार लिन पठाएको कोरियन एयरको जहाज मार्फत शनिबार बिहान ८ बजेर १० मिनेट जाँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

कोरियन एयरको जहाज यात्रुबिनै नेपाल जान लागेको थाहा पाएपछि गैरआवासीय नेपाली संघ र नेपाली दूतावासले कोरियाबाट नेपाली उडाउनका लागि पहल गरेका थिए । ईपीएसमार्फत कोरिया गएका ४ हजारभन्दा बढी नेपालीको भिसा सकिएको छ ।

नेपाली दूतावासले भिसा सकिएका एक हजारभन्दा बढी नेपालीको नामावली नेपाल सरकारलाई पठाएको थियो । त्यही नामावलीभित्रका नेपाली नागरिक शनिबार नेपाल फर्किएका हुन् । दूतावासका अनुसार बिरामी, सुत्केरी र अन्य जटिल समस्यामा रहेकालाई प्राथमिकता दिइएको छ । अवैधानिक रूपमा बसेको अभियोगमा कोरियाका विभिन्न जेलमा रहेका १४ नेपाली पनि सोही उडानमा फर्किएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्