विश्वमा कोरोना सङ्क्रमित संख्यामा ह्वात्तै बृद्धि, आधाभन्दा धेरै भने निको

काठमाण्डौ
विश्वमा पछिल्लो २४ घन्टामा १ लाख ८१ हजार ५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । अहिलेसम्म १ लाख ४० हजारको हाराहारीमा सबैभन्दा धेरै एकै दिनमा संक्रमित संख्या रहेको थियो ।
भने ८७ लाख ६८ हजार ३९४ सङ्क्रिमत रहेकोमा ४६ लाख २७ हजार ८४४ निको समेत भएका हुन् । सङ्क्रिमतमध्ये ४ लाख ६२ हजार ६८१ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै ब्राजिलमा ५५ हजार २ सय ९ जना थपिएका छन् । अमेरिकामा ३३ हजार ५ सय ३९, भारतमा १४ हजार ७ सय २१, रसियामा ७ हजार ९ सय ७२, चिलीमा ६ हजार २ सय ९०, मेक्सिकोमा ५ हजार ६ सय ६२, पाकिस्तानमा ४ हजार ९ सय ४४ , बंगलादेशमा ३ हजार २ सय ४३, साउथ अफ्रिकामा ३ हजार ८ सय २५ र कोलोम्बियामा ३ हजार ५९ जना नयाँ संक्रमित थपिएका छन् ।
संसारभर लकडाउन खुकुलो पारेसँगै फेरि एक पटक कोरोनाले रफ्तार लिएको छ । भारतमा पनि पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संख्या हो । ब्राजिलले पनि अहिलेसम्मकै रेकर्ड राखेको छ ।
यसैविच विश्व स्वास्थ्य संगठनले महामारी खतरनाक चरणमा प्रवेश गरेको जनाएको छ । संगठनका प्रमुख टेड्रोस अधानोम ग्रेबियसले विश्व नयाँ र खतरनाक चरणमा प्रवेश गरेको भन्दै थप सचेत रहन आग्रह गर्नुभएको छ ।
संसारभर लकडाउन खुकुलोसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ ।
क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्