Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

पछिल्लो २४ घण्टामा थपिए ३३१ जना नयाँ कोरोना संक्रमित, काठमाडौंकी १ जना महिलामा पनि कोरोना


शनिबार अर्थात पछिल्लो २४ घण्टामा ३३१ जनामा नयाँ  कोभिड १९ कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ सय ३१ जना संक्रमित थपिएका हुन् ।

गौतमका अनुसार काठमाडौंकी १ जना महिलामा पनि कोरोना देखिएको छ । योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

कोरोना निको भएर शनिबार मात्र १ सय ७६ जना घर फर्किएका छन् । उनीहरु सँगै डिस्चार्ज हुने संख्या १,५७८ जना पुगेका छन् । भने संक्रमितको संख्या मध्ये २२ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्