Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव स्थगन


काठमाडौं ।

आफ्नो ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा असार ९ गते आयोजना गर्न लागेको रष्ट्रिय कविता महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगन गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी र लकडाउनका कारणले असार ९ गते आयोजना गरिने विभिन्न कार्यक्रमहरूका साथै राष्ट्रिय कविता महोत्सव हाललाई स्थगन गरिएको प्रतिष्ठानले सूचना प्रकाशित गरी वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरिएको जनाएको हो ।

प्रतियोगिताका लागि ५०२ वटा कविता प्राप्त भएका र ति प्राप्त सहभागी कविता प्रकाशन, प्रशारण वा कुनै पनि माध्यमबाट सार्वजनिक नगर्न समेत आग्रह गरेको छ । कार्यक्रम पूर्व प्रकाशन, प्रसारण वा सार्वजनिक भइसकेको प्रमाणित भएमा सम्बन्धित कवितालाई पुरस्कृत सूचीबाट समेत हटाइने बताएको छ ।

जेठ २५ गतेसम्म आइपुगेका कविताहरूलाई एकत्रित गरेर गोप्य लाहा छापसहित खामबन्दी गरी सुरक्षित राखिएको समेत प्रतिष्ठानले जनाएको छ । अब उपयुक्त र अनुकुल समयमा वार्षिकोत्सव र राष्ट्रिय कविता महोत्सव आयोजना गरिने र त्यसको पूर्वजानकारी सार्वजनिक सूचनामार्फत गराइने समेत जानकारी दिईएको छ ।


क्याटेगोरी : कला र मनोरञ्जन, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्