स्याङ्जा सहयोग समाज कुवेतद्धारा चापाकोटलाई अत्याधुनिक प्रविधि जडान भएको एम्बुलेन्स प्रदान

स्याङ्जा
स्याङ्जा सहयोग समाज कुवेतद्धारा चापाकोट नगरपालिकालाई अत्याधुनिक प्रविधि जडान भएको एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको छ ।
कुवेतमा रहेको समितिको पहलमा एम्बुलेन्स खरिदका लागि व्यक्तिगत तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर सङ्कलन गरिएको रकमबाट एम्बुलेन्स खरिद गरि उपलब्ध गराएको हो ।
यसअघि समाजले हरिनास गाउँपालिकामा रहने गरी टाटा सुमो कम्पनीको एम्बुलेन्स हस्तान्तरण गरिएको र अहिले महिन्द्रा कम्पनीको बोलेरोमा अत्याधुनिक प्रविधि जडान भएको एम्बुलेन्स उपलब्ध गराइएको हो ।
एम्बुलेन्सलाई व्यवस्थितरुपमा चलाउन समिति निर्माण गरि नगरपालिकाको पायक पर्ने स्थानमा एम्बुलेन्स राखिनेछ । यो सँगै बिरामीलाई सहजरुपले ओसारपसार गर्दा राहत हुने र चापाकोटसहित पाल्पाको रामपुर नगरपालिकाका बासिन्दाले सहजरुपमा सेवा लिन सक्ने छन् ।
दुई वटा एम्बुलेन्स खरिदका लागि भन्सार छुटसहित झण्डै २३ लाख लागेको समाजका महासचिव श्रवण गाहामगरले बताउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्