मनसुनी वायुको प्रभाव देशैभर, आज देशको धेरैजसो क्षेत्रमा वर्षा हुने

काठमाडौं ।
मनसुनी वायुको प्रभावका कारण आज देशै भरि बर्षाको संभावना रहेको छ ।
आज देशको प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदुर पश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । भारतको पूर्वी उत्तर प्रदेशको भू–भागमा न्युन चापीय प्रणालीको समेत विकास भएका मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आँशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।
गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका अधिकांश स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राती सुदुरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहने छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुका साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी प्रदेश ५, गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश १ का एक, दुई स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्