लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म ढाकिएको सूर्य ग्रहण देखिने

काठमाडौँ ।
आज सूर्यग्रहण नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ । लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नेपालमै सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको र काठमाडौँबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद्हरुले बताएका छन् ।
आज लाग्ने ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपाली भुभावबाट भने खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ ।
चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा भने अत्यन्तै सावधानी अपनाउनु पर्ने र नाङ्गो आँखाले कहिले पनि सुर्यग्रहण हेर्न हुदैँन । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्ने खतरा हुने हुँदा अत्यन्तै सावधानी र सुरक्षित तरिकाबाट सुर्यको प्रतिविम्ब बनाई छायाँ हेर्नुपर्ने विज्ञहरुले सुझाउँछन् ।
सूर्यग्रहण नेपालमा बिहान १०ः ५५ देखि सुरू भई अपराह्न २ः२४ बजे समाप्त हुनेछ। मध्याह्न १२:०४ बजे सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिने छ ।
ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्