पछिल्लो २४ घण्टामा थपिए ४२१ जना नयाँ कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए (सुचीसहित)

नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिए सँगै कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।
संक्रमितहरुमध्ये २३ जनाको मृत्यु भएको छ भने १ हजार ७७२ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको जनाएको छ ।
नयाँ थपिएका संक्रमितहरुमा,
अर्घाखाँची जिल्लामा : ७४ जना
सिराहा : ५२ जना
डडेलधुरा : ४१ जना
डोटी : २७ जना
कैलाली : २७ जना
कपिलवस्तु : २५ जना
बाग्लुङ : २३ जना
नवलपरासी : २२ जना
प्युठान : २० जना
स्याङ्जा : १० जना
दाङ : १० जनामा
कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी,
धनुषा : ८ जना
गुल्मी : ७ जना
झापा : ६ जना
सल्यान : ६ जना
उदयपुर : ५ जना
सर्लाही : ५ जना
पाल्पा : ४ जना
म्याग्दी :४ जना
तनहुँ : ४ जना
रोल्पा : ४ जना
बारा : ३ जना
बर्दिया : ३ जनामा आइतबार संक्रमित पुष्टि भएको हो ।
त्यसैगरि
मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतका २ र २ जनामा र ललितपुर, नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १ र १ जना कोरोना संक्रमित थपिएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्