Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

कोरोना संक्रमितको बृद्धि संगै सुनको मुल्यमा पनि अहिले सम्मकै उच्च मुल्य


काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नाघेको छ ।

शनिवारको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगि नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च मुल्यमा पुगेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाला सुनको भाउ तोलामा ८९ हजार ९ सय र तेजाबी ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारका लागि महासंघले चाँदीको भाउ भने शुक्रबारको तुलनामा १० रुपैयाँ तोलामा बृद्धि गरि ९४० रुपैयाँ तोकेको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्