Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

गण्डकी प्रदेशमा संक्रमित संख्या ५ सय ४०, स्याङ्जाका १२ र नवलपुरका ८ जना नयाँ संक्रमित थपिए


पोखरा

गण्डकी प्रदेशको स्याङ्जा र नवलपुरमा थप २० जना कोरोना भाइरस संक्रमित फेला परेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ वर्षका बालक १ जना र सात वर्षका बालक ३ जनासमेत छन् । त्यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र १८ वर्षका २ जना युवामा पनि कोरोना पुष्टि भएको छ ।

त्यसैगरी नवलपुरको बौदिकाली गाउँपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा १८ वर्षदेखि ५० वर्ष उमेर समूहका रहेका छन् ।

भारतबाट फर्किएका उनीहरु सबै जना सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेको र सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्