Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

सोमबार विहान मात्रै नवलपुरमा २४ नयाँ कोरोना संक्रमित थपिए


काठमाडौं ।

सोमबार विहानमात्रै नवलपुरमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २४ पुगेको छ ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जना गरि थप १६ जना कोरोना संक्रमित थपिएका छन् ।

भने सोमबार बिहान नै गण्डकी प्रदेशको क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको थियो ।

चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका बुलिङ्टारका १४ जना संक्रमित सबै पुरुषहरु हुन् । उनीहरु १८ देखि ४० वर्ष उमेर समूहका छन् । यस्तै गैंडाकोट नगरपालिका ३५ वर्षीय पुरुष र २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकामा चितवनका ५ जनामा समेत कोरोना पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्