बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान शाखाद्धारा उच्च सर्तकता अपनाउन आग्रह

काठमाण्डौ
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले बाढी आउने संभावना भएकोले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । शाखाले काठमाडौं उपत्यकासहित १७ जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै हाइअलर्ट रहन आग्रह गरेको हो ।
एक सूचना जारी गर्दै ससाना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कताका लागि अनुरोध गरेको हो ।
हाल सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, काठमाण्डौ उपत्यका चितवन, गोरखा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, दाङ, बर्दिया र आसपासका केहि स्थानमा मध्यम देखि भारी बर्षा भईरहेको, उक्त जिल्लाहरुमा बहने ससाना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने संभावना रहेको सुचनामा उल्लेख गर्दै तटिय क्षेत्रमा सतर्कताको लागि अनुरोध गरेको हो ।
बागमती, नारायणी, पश्चिम राप्ती, बबईका ससाना सहायक नदीहरुमा आज बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुनसक्ने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्