Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

भारतीय सेनाले भिड्न खोजेमा सीमा क्षेत्रको चित्र नै फरक हुने भारतलाई चीनको चेतावनी


एजेन्सी ।
चीनले हतियार नभएका चिनियाँ सेनाले केहीदिन अघि भारतीय सेनालाई पराजित गरेको स्मरण गराउँदै हतियार भएका चिनियाँ सेनासमक्ष भारतीय सेनाले भिड्न खोजेमा सीमा क्षेत्रको चित्र नै फरक हुने चेतावनी दिएको छ ।

भारतले चीनसँगको वास्तविक सीमा रेखा एलएसीमा आफ्नो सैनिकलाई स्वविवेकको प्रयोग गरेर हतियार प्रयोग गर्न सक्ने अनुमति दिएपछि चीनले त्यसको जवाफ दिएको छ । साथै भारतले सन् १९६२ को भन्दा ठुलो हार भोग्नुपर्ने चेतावनी दिएको छ ।

ग्लोबल टाइम्सका अनुसार चीनको सैन्य शक्ति भारतको भन्दा धेरै उन्नत र बलियो रहेको छ । साथै सन् १९६२ मा उस्तै सैन्य शक्ति भएको समयमा त चिनियाँ सेनाले भारतीय सेनालाई सजिलै पराजित गरेको थियो । अहिले चीन आर्थिक र सैन्य सबै हिसाबले भारतभन्दा धेरै माथि छ ।

ग्लोबल टाइम्सले भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका चीनविरुद्धका गतिविधिको पनि अध्ययन गरिरहेको र भारतले चीनसँग युद्ध गर्नु भनेको अण्डाले ढुंगालाई प्रहार गरेजस्तै भएको बताएको छ ।

चीन भारतसँगको युद्ध गर्न नचाहेको तर भारतीय सेनाका हरेक उत्तेजनाको जवाफ दिने पर्याप्त क्षमता भएको र सीमा विवादलाई वार्ताकै माध्यमबाट समाधान गर्नु भारतका लागि हितकर हुने बताएको छ ।

चीनसँगको युद्धमा सन् १९६२ मा ठूलो हार व्यहोरेको भारतले आफ्नो सीमा क्षेत्र पनि गुमाएको थियो ।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्