पाल्पामा पहिरोमा परि ३ जनाको ज्यान गयो

पाल्पा
पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु भएको छ । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको हो ।
मृतक मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
रातभर परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सवारी साधन अवरुद्ध भएका थिए । स्थानीय तहहरुले वर्षातसँगै जथाभावी बाटो निर्माण गरेकोले पहिरोको जोखिम बढेको छ । पहिरो गएको स्थानमा तानसेन नगरपालिकाले केही समयदेखि बाटो चौडा गरेको थियो । लगातार परेको वर्षाका कारण सोमबार बिहानदेखि नै पहिरोले बाटो अवरुद्ध रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्