प्यूठानमा सोमबार साँझ ४५ जना कोरोना संक्रमित थपिए (सुचीसहित)

प्यूठान
थप ४५ जनामा सोमबार बेलुकी प्यूठानमा कोरोना भाइरसको संक्रमण पुष्टि भए सँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १ सय ६९ पुगेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा सोमबार बेलुका प्यूठानका थप ४५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुबेदीले जानकारी दिएका छन् ।
नयाँ संक्रमितहरुमा
ऐराबती गाउँपालिकाका : ८ जना,
प्युठान नगरपालिकाका : १८ जना,
स्वर्गद्वारी नगरपालिकाका : १२ जना,
नौबहिनी गाउँपालिकाका : २ जना
मल्लरानी गाउँपालिकाका : ५ जना
प्यूठानको ९ वटा स्थानीय पालिकामध्ये हालसम्म मल्लरानी र झिमरुक गाउँपालिकामा संक्रमित देखिएका थिएनन तर, सोमबार मल्लरानीमा समेत संक्रमित भेटिएपछि अब कोरोना संक्रमण नभएको पालिका झिमरुक मात्र बाँकी रहेको छ ।
सोमबार दिउँसो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको परीक्षणमा प्यूठान नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत दुई स्वास्थ्यकर्मीसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्यूठान जिल्लाका विभिन्न क्वारेन्टाइनबाट स्वाब संकलन गरी कोरोना परीक्षण गर्न विभिन्न प्रयोगशालामा पठाइएका ४ सय ७७ नमुनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्