तनहँको क्वारेन्टाइनमा रहेका एक व्यक्तिद्धारा आत्महत्या

तनहुँ ।
भारत रोजगारीमा गएर गत असार ४ गते घर फर्किएका तनँहु जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । ४९ वर्षीय उनले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् ।
उनलाई सुरुमा सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो, उनले त्यहाँबाट भाग्ने प्रयास गरेपछि गाउँपालिकाले सुरक्षित स्थान भन्दै चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राख्दै आएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार हाल उक्त क्वारेन्टाइनमा चार जना बाँकी रहेका र मृतक व्यक्तिमा मानसिक समस्या रहेको प्रारम्भिक जानकारी पाएको बताउनु भएको छ ।
उक्त घटना लगत्तै एक प्रहरी टोली र सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेका छन् ।
तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी अन्य तीन जनाले समेत आत्महत्या गरेको तनहुँ प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्