Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
Sajha Hub

एसइइको नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि जारी


काठमाडौं

माध्यमिक शिक्षा परीक्षा एसइइ कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको छ ।

कोभिड १९ कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित भएको गत वर्षको परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो ।

विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

मन्त्रिपरिषद्को गत जेठ २८ को वैठकले गत वर्षको अन्तिम मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो । २०७६ को कूल पूर्णाङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गरिनेछ ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाउन भनिए पनि कार्यविधिमा समय तालिका भने खुलाइएको छैन ।

४ लाख ८२ हजार २१९ विद्यार्थी रहेको गत वर्षको कक्षा १० को एसइई परीक्षाका १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्