कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना चिकित्सकहरुमा कोरोना संक्रमण, अस्पताल बन्द

काठमाडौं
जुम्लाका ४ जना चिकित्सकहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना चिकित्सकहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको छ ।
अस्पताल निर्देशक मंगल रावलका अनुसार सर्वसाधारणहरुमा कोरोनाको जोखिम बढ्ने भएकाले आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गरिएको छ ।
उनले अन्य कर्मचारीहरुको पिसिआर टेष्ट गरिने र कन्ट्रयाक्ट ट्रसिङको काम पनि भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक मंगल रावलले जारि गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै ‘कोभिड १९ को रोकथामका लागि गरिनुपर्ने सम्पूर्ण नियमहरू पालना गर्न अनुरोध गर्दै यस विषम परिस्थितिमा प्रत्येक नागरिकले धैर्यतापूर्वक संयमता अपनाउन समेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्