गोकुल घर्ती मगर आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा नियुक्त

काठमाडौं ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती मगर नियुक्त हुनु भएको छ ।
प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठी संयोजक र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम र प्रतिष्ठानका कार्यकारी सदस्य साथै नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगर सम्मिलित उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले घर्ती मगरलाई उपाध्यक्षमा नियुक्ति गर्नु भएको हो ।
घर्ती तत्कालीन नेकपा एमाले संसदीय दलको पुर्व सचेतक, पोलिटव्युरो सदस्य तथा सांसद हुनुहुन्छ । साथै पार्टीको आदिवासी जनजाति महासंघ नेपालका इञ्चार्ज साथै एमाले निकट लोकतान्त्रिक आदिबासी जनजाति महासंघको ६ बर्ष इन्र्चाज भएका काम गर्नु भएको थियो । नेकपाका केन्द्रिय सदस्य साथै जनजाति फाँटका इन्चार्ज रहेका घर्ती मगर अंग्रेजी र राजनितिक शास्त्रमा एम ए गर्नु भएको छ भने राजनितिक शास्त्रमा पिएचडि गर्दै हुनुहुन्छ ।
चार बर्षे कार्यकाल रहने प्रतिष्ठानको कार्यकारी पदमा उपाध्यक्ष रहने व्यवस्था रहेको छ । प्रतिष्ठानको अध्यक्ष भने प्रधानमन्त्री रहने व्यवस्था छ ।
नव नियुक्त उपाध्यक्ष घर्ती मगरले सम्भवत शुक्रबार पदभार ग्रहण गर्नु हुने सिफारिस समितिका सदस्य ज्ञानेन्द्र पुन मगरले जानकारी दिनु भएको छ ।
समितिले घर्तीसहित अन्य दुई जनाको नाम समेत सिफारिस गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्