Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
Sajha Hub

चट्याङले लियो भारतमा ८३ जनाको ज्यान


भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको ज्यान गएको छ ।

बीबीसीका अनुसार भारतको आपत्कालीन प्रबन्ध विभागको अनुसार बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ परेर ८३ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको समेत भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यस्तै उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा ९ जनाको ज्यान गएको छ । बिहारको २३ जिल्लामा चट्याङ पर्दा यति ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हो । सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा ८र८ जनाको ज्यान गएको छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्