Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

थपिए ५९३ जना नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यू, (संक्रमितहरुको सुचीसहित)


काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा दाङका १ रहेका छन् । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएकी ती बिरामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

कहाँ कहाँ कति थपिए संक्रमित
पाल्पामा : ७६ जना
दाङका :  ७५ जना
रौतहटका :  ५६ जना
डोटीका :  ४६ जना
कञ्चनपुरका  : ४२ जना
कैलालीका  : ३१ जना
बाजुराका  : २७ जना
बैतडीका :  २५ जना
गुल्मीका :  २५ जना,
नवलपुरका  : २३ जना
कपिलवस्तुका  : २१ जना
प्युठानका  : २० जना
धनुषाका : १५ जना
चितवन : १२ जना
सुर्खेतका :  १२ जना
सुनसरीका :  १० जना
बझाङका :  ९ जना
सिराहा :  ६ जना
गोरखा :  ६ जना
सिन्धुली :  ६ जना
रुपन्देही :  ६ जना
लमजुङका :  ६ जना
दैलेखका :  ५ जना
झापा :  ४ जना,
महोत्तरीका :  ४ जना,
काठमाडौं :  ३ जना,
अर्घाखाँची :  ३ जना,
दार्चुला :  ३ जना,
सल्यान :  ३ जना,
जुम्ला :  ३ जना,
मोरङ, :  २ जना
बारा :  २ जना
कास्की : २ जना
तनहुँ : २ जना
जाजरकोटका :  २ जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

त्यस्तै, अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका १ र १ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित संगै कुल संक्रमितको संख्या नेपालमा ११ हजार ७५५ पुगेको छ । संक्रमितहरूमध्ये २७ जनाको मृत्यु भएको छ भने २ हजार ६९८ जना डिस्चार्ज भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्