बन्दाबन्दी बिचैमा पुल निर्माण कार्य सम्पन्न –फोटो फिचर सहित

दोलखा
दोलखा जिल्ला विगु गाउँपालिका वार्ड नं. १ को श्यालु र पंचेत गोंगर डाँडाको बिचमा पर्ने गोंगर खोलामा कोरोना महामारीको बन्दाबन्दी बिचमा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।
कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिश गोर्खाज नेपालको सहयोगमा निर्माण सम्पन्न भएको उक्त पुल निर्माणको क्रममा विश्वमा मानव संकटको रुपमा फैलिएको कोभिड(१९) कोरोना महामारीको कारणले असुरक्षा, निर्माण सामाग्रीको अभाव जस्ता विभिन्न खालका बाधाहरु जस्तो परिस्थितिमा समेत गाउँको विकाससँग जोडिएको पुलको निर्माण कार्यलाई नरोकी समयमै पुलको निर्माण सम्पन्न भएको हो ।
पुलको निर्माण कार्य हुदँै जानु र कोभिड १९ माहामारिको संक्रमण पनि विश्व भरि साथै नेपालमा पनि फैलिदैँ जाँदा कोरोनाबाट होसियारका साथ सबैको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै, व्यक्तिगत दुरी कायम राख्दै, पुलको निर्माण कार्यले निरन्तरता पाएको थियो ।
स्थानीय तथा जिल्लाका प्रसासनिक प्रकृयालाई सहजीकरण गर्न हुने, दैनिक स्वास्थ्य परिक्षण गर्न , बस्ने व्यवस्थामा स्थानिय जनप्रतिनिधि, स्थानिय बासी तथा प्रशासनले सहजीकरण र सहयोग गरेकोले समयमा काम सम्पन्न गर्न सफल भएको कादुरीका प्रोजेक्ट सुपरभाइजर खुम थापा मगरले बताएका छन् ।
साथै लकडाउनको बेला घर फर्किन नपाएका प्रोजेक्टमा संलग्न टिमलाई उच्च मनोबल राख्दै सुरक्षीत तवरबाट आ-आफ्नो घर फर्किने अवसरको वातावरण मिलाइदिन समेत स्थानिय जनप्रतिनिधि तथा अगुवाहरुले सहयोग गरेका थिए ।
पुलको निर्माण पछि जिल्लाका विगु, श्यालु, लामबगर लगायतका जनतालाई प्रत्यक्ष लाभ मिल्नेछ । पुलको निर्माण करिब १ करोड लगानीमा सम्पन्न भएको हो ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्