Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

करोड नाघ्यो कोरोना संक्रमितको संख्याले


काठमाडौं ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । विश्वमा कोरोना कोभिड १९ को संक्रमण फैलिदाँ हालसम्म संक्रमित हुनेको संख्या १ करोड ८२ हजार ६१३ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनले चीनमा पहिलो पटक ३१ डिसेम्बरमा कोरोना भाइरस पुष्टि भएको जनाएको थियो । त्यसको ३ महिनापछि २०० भन्दा धेरै मुलुकमा कोरोना भाइरस फैलिएको छ ।

कोरोनाबाट विश्वभर  हालसम्म ५ लाख १३ सय ८ जनाकोे ज्यान गएको छ । १ करोडभन्दा बढी सङ्क्रमितमध्ये ५४ लाख ५८ हजार ५३० उपचारपछि निको भएका छन् ।


क्याटेगोरी : अन्तरास्ट्रिय, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्