Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

पछिल्लो २४ घण्टामा थपिए ४३६ जना नयाँ कोरोना संक्रमित


काठमाडौं ।

कोभिड १९ कोरोनो भाईरस संक्रमण पछि लकडाउनको ९७ औँ दिनमा आईपुग्दा पछिल्लो २४ घण्टामा थप ४३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

संक्रमित हुनेमा बाजुराका ९५ जना, गुल्मीका ३८ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जना, महोत्तरीका ५६ जना, मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ६ जना, इलामका १ जना, सुनसरीका १ जना, धनुषाका १० जना, डडेलधुराका १ जना, अर्घाखाँचीका ६ जना, दार्चुलाका १ जना, दोलखाका २ जना, गोरखाका १ जना, , खोटाङका ४ जना, रौतहटका १७ जना , सर्लाहीका १ जना, सिन्धुलीका १ जना, कपिलवस्तुका ८ जना, धादिङका १ जना, ललितपुरका १ जना, , कास्कीका ५ जना, पर्वतका २ जना, सल्यानका २ जना, तनहुँका ६ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, पाल्पाका २ जना, प्यूठानका ३५ जना, रुपन्देहीका १२ जना, दाङका ३४ जना, रोल्पाका १ जना,रुकूम पश्चिमका १ जना, कैलालीका १७ जनाा र डोटीका १३ जना रहेका छन् ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६२ गरी आजसम्म २ लाख १५ हजार ८ सय ३९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घण्टामा २ हजार ७ सय ३२ गरी आजसम्म २ लाख ९६ हजार ७ सय ६६ जनाको परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म संक्रमित मध्ये ११ हजार २ सय ९८ जना पुरुष र १ हजार ४सय ७४ जना महिलामा संक्रमण देखिएको छ । जसमध्ये २८ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार देशभरिका विभिन्न क्वारेन्टाइनमा ६१ हजार ७ सय ३१ जना रहेका छन् । यस्तै विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ७ सय ३१ जनाको उपचार भइरहेको छ । आइतबारसम्म ३ हजार १३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्