काठमाण्डौ उपत्यकामा ८ जना सँगै थपिए ४७६ जना नयाँ कोरोना संक्रमित, १ को मृत्यु ।

काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
साथै, कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । रौतहट घर भएका ३० वर्षका पुरुषको १३ गते राति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
नयाँ थपिए सँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको भने उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् ।
श्वासप्रश्वासको कठिनाइ भएपछि अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो । त्यही दिन स्वाब संकलन गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यही राति उनको मृत्यु भयो भने १४ गते कोरोना संक्रमण भएको रिपोर्ट आएको छ ।
नयाँ थपिएका संक्रमितहरुमा काठमाडौं उपत्यकामा ८ जना उनीहरूमध्ये ६ जना काठमाडौंका छन् भने भक्तपुर र ललितपुरका १/१ जना रहेका छन् ।
त्यस्तै डोटीमा सवैभन्दा बढि ९६ जना, बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रुपन्देहीका ५/५ जना, प्युठान, चितवन र महोत्तरीका ४/४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २/२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका १/१ जना रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्