Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

साउदी, कुवेत र दुवईबाट आएकाहरुमा सहित मंगलबार गण्डकी प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित


पोखरा ।
मंगलबार गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका जिल्लामा गरि १७ संक्रमित थपिएका हुन् ।
गण्डकी स्वास्थ्य निर्देशनालयअनुसार साउदी, कुवेत र दुबईबाट आएका पनि संक्रमण पुष्टि भएको छ ।

मंगलबार कोरोना संक्रमित पुष्टि हु ने मध्ये ६ जना पोखरा महानगरका ३० देखि ५३ वर्ष उमेर समूहका पुरुषहरु र मादी गाउँपालिकाका ४२ वर्षीय पुरुष छन् ।
‘कोरोना पुष्टि हुने पोखराका संक्रमित ४ जना साउदी, एकजना कुवेत र अर्का एकजना दुबईबाट आएको
थिए ।
त्यस्तै, मंगलबार नै कोरोना संक्रमण पुष्टि हुनेमा तनहुँका ५ जना मध्ये ब्यास नगरपालिकाका २०, २७ र ३२ वर्षका ३ जना पुरुष छन् भने २७ र ३६ वर्षका २ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिएका छन् ् । ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका ३ जनामा संक्रमण भेटिएको छ । बेसीशहर, मस्र्याङ्दी र मध्यनेपाल नगरपालिकाका उनीहरु ३ जना नै महिला रहेका छन ।
त्यस्तै, स्याङ्जा पुतलीबजारका ३० वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ जना पुगेको छ । जसमध्ये २ जनाको कोरोना उपचारकै क्रममा पोखरामा मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोनाबाट निको भएर घर फर्किनेको संख्या २ सय १४ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्