Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

१४ जना काठमाण्डौ उपत्यकामा सहित ३१६ जना नयाँ कोरोना संक्रमित थपिए


काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि हुदाँ काठमाडौं उपत्यकाकामात्रै १४ जना संक्रमित थपिएका छन् । काठमाडौंका १२ जना, भक्तपुरका १ र ललितपुरका १ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ संक्रमितमा ७१ महिला र २४५ पुरुष रहेका छन् भने योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५६४ पु्गेको छ । भने पछिल्लो २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ । भने २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएकोमा पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको हो भने आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ ।

१० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहँदा देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्