Techie IT
  • २९ असार २०८२, आईतबार
Sajha Hub

गण्डकी प्रदेशमा बुधबार विहानै थपिए २८ जना नयाँ कोरोना संक्रमित


 पोखरा
बुधबार गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक प्रवक्ता डा. विनोद विन्दु शर्माले बुधबार विहान ८ः२५ मा जारी गरेको विज्ञप्ति अनुसार नवलपरासी (सुस्ता पूर्व) मा १२ जना, गोरखामा ३ जना, कास्कीमा १ जना, स्याङ्जामा ८ जना, बागलुङमा ३ जना र तनहुँका १ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा राखिएको छ । योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म २ जनाको मृत्यु भएको छ भने २१४ जनाले कोरोना जितेत घर फर्किएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्