Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

कोरोनाबाट काठमाण्डौमा १ को मृत्यु, मृतकको संख्या ३२ पुग्यो


काठमाडौं ।
कोभिड १९ कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बानेश्वरका एक बृद्ध रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार ८५ वर्षका उनी उच्च रक्तचाप र पार्किन्सनको बिरामी रहेको र उनलाई छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्