Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

एकैदिनमा आज सम्मकै धेरै संख्यामा नयाँ कोरोना संक्रमित थपिए (सुचीसहित)


काठमाडौं ।

नेपालमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढि संख्यामा संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो संख्या एकै दिनमा संक्रमित पुष्टि भएको अहिले सम्मैकै ठुलो संख्या हो । देशका विभिन्न प्रयोगशालाहरुमा जम्मा ४ हजार ४८३ नमुना परीक्षण थप नयाँ संक्रमित भेटिएका हुन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक थपिएका संक्रमितहरुमा
अछामका – २३० जना
कैलालीका -५८ जना
बाजुराका – ५३ जना,
डोटीका -४७ जना,
कञ्चनपुरका -४५ जना,
बैतडीका -४० जना,
रौतहटका – २९ जना,
डडेलधुराका -२८ जना
झापाका -२८ जना,
सिराहाका -२४ जना,
नवलपुरका -१९ जना,
धनुषाका -१६ जना,
बझाङका -१४ जना,
दैलेखका -१२ जना
बर्दियाका -१० जना
दाङका -९ जना,
नवलपरासीका -९ जना,
तनहुँका -९ जना,
सल्यानका -८ जना
सप्तरीका -८ जना
कपिलवस्तुका -८ जना
सुर्खेतका – ६ जना,
महोत्तरीका -६ जना,
मोरङका – ५ जना,
उदयपुरका -५ जना,
पर्वतका -३ जना
कास्कीका -२ जना
पर्साका -२ जना संक्रमित पुष्टि भएका छन् ।
यस्तै, चितवन, सर्लाही, सिन्धुपाल्चोक, पाल्पा, कालीकोट, रोल्पा र बाग्लुङका १ / १ एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८२३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या ६ हजार १४३ पुगेको छ ।

त्यस्तै १ जना बृद्धको समेत कोरोनाका कारण मृत्यु भएको छ । मृतक काठमाण्डौ नयाँ बानेश्वरका ८५ बर्षिय पुरुष रहेका छन् । यससँगै कुल मृतकको संख्या ३२ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्